काठमाडौं । आज धर्तीको आकाशमा ब्रह्माण्डीय सरप्राइज प्राप्त हुनेवाला छ । वैज्ञानिकहरूका अनुसार पृथ्वीलाई दोस्रो चन्द्रमा मिल्दैछ । पृथ्वीको गुरुत्वाकर्षण बलले एक 'एस्टोरोइड' अर्थात् क्षुद्र ग्रहलाई आफूतिर तान्नेछ र त्यो केही दिनका लागि मिनी मुन अर्थात् सानो चन्द्रमा बनेर रहनेछ ।
धर्तीको यो पाहुना २९ सेप्टेम्बर अर्थात् आज आइतबारदेखि देखा पर्न सक्छ र केही महिनासम्म हाम्रो नजरमा रहिरहनेछ । त्यसपछि यो पृथ्वीको गुरुत्व क्षेत्रबाट बाहिर जानेछ । यो दोस्रो चन्द्रमा निकै सानो र कम चमकदार रहेको छ ।
त्यसैले यसलाई हेर्नका लागि प्रोफेसनल टेलिस्कोपको आवश्यकता पर्न सक्छ । यो करिब ३२ फिट अर्थात् १० मिटर लामो छ । जुन पृथ्वीको चन्द्रमाको तुलनामा निकै सानो हो । जब कि चन्द्रमाको व्यास ३,४७४ किलोमिटर रहेको छ ।
यो पाहुना चन्द्रमालाई सबैभन्दा पहिला नासाको एस्टोरोइड टेरेस्टेरियल इम्प्याक्ट लास्ट अलर्ट सिस्टमले ७ अगस्टमा देखेको थियो । रिसर्च नोट्स अफ दि अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीमा छापिएको एक रिपोर्ट अनुसार वैज्ञानिकहरूले यसको ट्राजेक्ट्रीको अध्ययन गरेका छन् ।
वैज्ञानिकहरूले यसलाई २०२४ पीटी फाइभ बताइरहेका छन् र यो अर्जुन एस्टोरोइड बेल्टसँग सम्बन्धित छ । यसमा त्यस्ता पत्थर छन्, जो पृथ्वीको जस्तै गरी अर्बिटमा विचरण गर्दछन् । त्यस मध्येका केही एस्टोरोइड हाम्रो ग्रहको ४५ लाख किलोमिटरसम्म नजिक आउन सक्छन् ।
सामान्यतया कुनै पनि ग्रहलाई एक प्राकृतिक वस्तुले परिक्रमा गर्न थाल्छ भने त्यसलाई नै चन्द्रमा भन्ने गरिन्छ । धर्तीसँग त्यस्तो एउटा चन्द्रमा छ । बृहस्पति र शनिको साथमा यस्ता कयौं चन्द्रमा अर्थात् प्राकृतिक स्याटलाइट छन् ।
थोरै अर्थात् ५३ दिनका लागि धर्तीको नजिक आउने यो सानो एस्टोरोइड पृथ्वीको कक्षमा रहनेछ । तर त्यो धर्तीसँग ठोक्किन भने आउने छैन । केही दिन धर्तीको परिक्रमा पश्चात् यो पुनः सोलार सस्टममा फिर्ता हुनेछ ।
यस्तै गरी सन् २०१७ मा समेत एउटा एस्टोरोइड पृथ्वीको कक्षमा आएको थियो । सो सहित तीन ओटा मिनी चन्द्रमा पृथ्वीको कक्षमा आइसकेको वैज्ञानिकहरू बताउँछन् । खाली आँखाले नदेखिने भएकाले यो प्राविधिक रूपमा मात्रै मिनी चन्द्रमाको रूपमा रहने बताइएको छ ।