काठमाडौं । अब इन्स्टाग्राम रिल्स सोझै थ्रेड्समा पोस्ट गर्न मिल्ने भएको छ । क्रस-पोस्टिङ फङ्सनालिटी (दुवैतिर पोस्ट गर्न मिल्ने) नीति अन्तर्गत मेटाले यस्तो फिचर ल्याउन लागेको हो ।
सामाजिक सञ्जालहरूमा आउने फिचरबारे पहिल्यै जानकारी दिने अलेसेन्ड्रो पालुजीका अनुसार थ्रेड्समा रिल्स शेयर गर्न पोस्ट गर्न मिल्ने फिचर आउन लागेको हो ।
यसका लागि थ्रेड्समा इन्स्टाग्राम अकाउन्टबाट रिल तान्ने र पोस्ट गर्ने फिचर उपलब्ध हुनेछ । पालुजीका अनुसार थ्रेड्सको कम्पोज बक्समा भएको इन्स्टाग्राम बटन थिच्दा इन्स्टाग्राम पोस्ट र रिल्स देखिन्छ । त्यसपछि प्रयोगकर्ता सोहीबाट छानेर थ्रेड्समा रिल्स पोस्ट गर्न सक्नछन् ।
यस फिचरले क्रियटरलाई आफ्नो कन्टेन्टमा इङ्गेजमेन्ट ल्याउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ । हाल परीक्षणमा नै रहेको यो फिचर कहिलेदेखि उपलब्ध हुन्छ भनेर मेटाले केही खुलाएको छैन । तर यो कुरा आफूलाई मेटाले पुष्टि गरेको टेकक्रन्चले लेखेको छ ।