close

उडिरहेको जहाजमा ५ घण्टा योग शिविर सञ्चालन गरी विश्व रेकर्ड कायम राखेको भाइरल दाबी झुटो

टेकपाना टेकपाना

मंसिर ६, २०८१ १४:४३

उडिरहेको जहाजमा ५ घण्टा योग शिविर सञ्चालन गरी विश्व रेकर्ड कायम राखेको भाइरल दाबी झुटो

काठमाडौं । उडिरहेको जहाजमा ५ घण्टा लामो योग शिविर राखेर विश्व कीर्तिमान कायम गरेको भनिएको दाबी झुटो पाइएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त दाबी झुटो भएको तथ्य जाँच जाँच गर्ने संस्था नेपाल तथ्य जाँचले पुष्टि गरेको हो ।

सामाजिक सञ्जालमा केही दिनयता अमेरिकाको आकाशमा उडिरहेको प्लेनमा ५ घण्टा योग शिविर राखेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ कायम गरेको भनिएको भिडिओ भाइरल छ । भिडिओमा पत्रकार बिनु पोखरेलसँग कुराकानी गरेका आचार्य राजन शर्माले त्यस्तो दाबी गरेका थिए ।

तर गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक वेबसाइटमा गएर ‘य‍ोग वर्ल्ड रेकर्ड’, ‘एटलान्टा एअरलाइन्स वर्ल्ड रेकर्ड’, ‘राजन शर्मा योग वर्ल्ड रेकर्ड’,  ‘योग इनसाइड अ फ्लाइङ प्लेन’ लगायतका किवर्ड राखेर सर्च गर्दा उक्त कीर्तिमानबारे कुनै जानकारी फेला नपरेको नेपाल तथ्यजाँचले उल्लेख गरेको छ । (यहाँ क्लिक गरी विश्व रेकर्डबारे आफैँ पनि हेर्न सक्नुहुन्छ)

सामान्यत: विश्व कीर्तिमान कायम हुँदा भरपर्दा सञ्चार गृहहरूले समाचार समेत प्रकाशन/प्रसारण गर्ने गर्छन् । तर सामान्य गुगल सर्च गर्दा समेत उक्त दाबी सम्बन्धी नकारी फेला पार्दैन । हालसम्म उडिरहेको प्लेनमा ५ घण्टा योग गराएको कीर्तिमान गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता छैन । यसबारे भरपर्दो अर्को सूचना पनि छैन । यसकारण राजन शर्माले पत्रकार बिनु पोखरेलसँगको कुराकानीका क्रममा गरेको दाबी झुटो अथवा मिथ्या रहेको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८१ १४:४३