काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा ग्रुपले बिजुली कार उपहार दिने घोषणा गरेको छ । भोलिदेखि नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ ले पुरस्कार स्वरूप ओमाेडा ई-५ कार पाउने भएका हुन् ।
नेपाली बजारमा याे कारकाे मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेकाे छ । योसँगै एनपीएलमा अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइको सहप्रायोजक बनेको छ ।
कस्तो छ ओमोडा ई-फाइभ ?
ओमोडा ई-फाइभको लम्बाइ ४४२४ एमएम, चौडाइ १८३०, उचाइ १५८८ र ह्वीलबेस २६३० एमएम रहेको छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । एक पटकको चार्जमा यसले ५१० किलोमिटर रेञ्ज दिने दाबी गरिएको छ । यो गाडीले शून्यदेखि १०० किलोमिटरको गति ७.६ सेकेन्डमै पकड्ने कम्पनीले जनाएको छ ।
यसको टर्क ३४० एनएम रहेको छ भने टप स्पिड १७२ किलोमिटर प्रति घण्टा रहेको छ । यसमा १८ इन्चको स्पोर्ट्स ह्विल छ भने १० वाट वाइन्ड रेसिस्टेन्स ह्विल रहेको छ ।
उच्च गुणस्तरको एलईडी हेडलाइट रहेको यस गाडीमा टी आकारको डे टाइम रनिङ लाइट समावेश छ । यसमा २४.६ इन्चको डुअल स्क्रिन छ । ‘क्रोम सेप्ड’ डोर ह्यान्डल, सोनी स्पिकर, सिम्पल वुडग्रेन डिजाइन यसका थप आकर्षक विशेषता हुन् ।
कम्पनीका अनुसार यो गाडीमा सन रुफ समेत दिइएको छ । त्यस्तै यसमा २५६ कलर एम्बियन्ट लाइट समावेश गरिएको छ । इन्टेरियर कलर टोनका सन्दर्भमा यो गाडी ब्ल्याक इन्टेरियर र ब्लु ह्वाइट स्टिट्चिङ इन्टेरियटर कलर टोनमा उपलब्ध छ भने बाहिरपट्टि ह्वाइट, ब्ल्याक, रेड, ब्लु, अक्वाटिक ग्रिन, ग्रे र सिल्भर कलर भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
ट्राफिक जाममा पनि सुरक्षित र आरामदायी यात्राका लागि यो गाडीमा ट्राफिक जाम असिस्टेन्ट (टीजेए) तथा रियर एक्रस ट्राफिक असिस्टेन्ट (आरसीटीए) समावेश गरिएको छ । गाडीमा भएका विभिन्न सेन्सरले गाडीको अगाडि, पछाडि, दायाँ वा बायाँ कुनै वस्तु ठोक्किन आए तुरुन्त अलर्ट दिनेछ ।
यसमा कम्पनीले सात ओटा एयर ब्याग दिएको छ । लेन किपिङ असिस्टेन्ट, डिपार्चर रिमाइन्डर, आईईएस, फ्रन्ट कोलाइजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ट्राफिक जाम एभोइडेन्स असिस्टेन्ट, डोर ओपन वार्निङ यो गाडीमा भएका सेफ्टी फिचरहरू हुन् ।
कम्पनीका अनुसार यो गाडीले ईयू फाइभ स्टार सेक्युरिटी स्ट्यान्डर्ड र चाइना फाइभ स्टार सेक्युरिटी स्ट्यान्डर्ड प्राप्त गरेको छ ।
६१ किलोवाट आवर क्षमताको ब्याट्री रहेको गाडीमा कम्पनीले ९९ किलोवाट क्षमताको मोटर उपलब्ध गराएको छ । फास्ट चार्जरमार्फत यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार हरेक १०० किलोमिटरमा १५.५ किलोवाट आवर पावर खपत हुन्छ ।