close

इन्स्टाग्राममा आयो फलो नगरेका व्यक्तिलाई पोस्ट देखाउने नयाँ फिचर

टेकपाना टेकपाना

मंसिर २७, २०८१ १५:१

इन्स्टाग्राममा आयो फलो नगरेका व्यक्तिलाई पोस्ट देखाउने नयाँ फिचर

काठमाडौं । इन्स्टाग्राममा आफूलाई फलो नगरेका प्रयोगकर्तालाई मात्र कन्टेन्ट देखाउन मिल्ने फिचर आएको छ । नयाँ कन्टेन्ट परीक्षण गर्न सजिलो हुनेगरी इन्स्टाले 'ट्रायल रिल्स' नामक फिचर ल्याएको हो । 

नाम जस्तै यो फिचरको काम इन्स्टाग्राममा पोस्ट गर्ने रिल्सको परीक्षण गर्नु रहेको छ । यसका लागि क्रियटरले रिल्स अपलोड गर्ने बेला ‘ट्रायल’ अप्सन छान्नुपर्ने हुन्छ । यसपछि उक्त रिल्स फलो नगरेका प्रयोगकर्ताहरूबीच मात्र देखिन्छ ।

त्यस्तै क्रियटरको प्रोफाइलको मुख्य ग्रिड वा रिल्स ट्याबमा समेत सो कन्टेन्ट देखिँदैन । तर कसैले सो रिल्स फलोअरहरूलाई पठाइदिए उनीहरूले हेर्न सक्छन् । यसका साथै त्यस्तो कन्टेन्ट शेयर गरेको २४ घण्टापछि क्रियटरले भ्युज, लाइक, कमेन्ट र शेयरको इन्साइट हेर्न सक्नेछन् ।

त्यसपछि उक्त रिल्सलाई आर्काइभ गर्ने वा आफ्नो प्रोफाइलमा शेयर गर्ने भन्ने निर्णय क्रियटरले गर्न सक्नेछन् । यस प्रकारको ट्रायल रिल्सले अरू कन्टेन्टमा कुनै असर नपार्ने बताइएको छ । विशेषगरी यो फिचरले क्रियटरलाई नयाँ आइडियामा काम गर्न सहयोग पुग्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०८१ १५:२