close

दीपेन्द्र सिंह ऐरीले पाए ओमोडा बिजुली कार

टेकपाना टेकपाना

पुस ६, २०८१ १६:३९

दीपेन्द्र सिंह ऐरीले पाए ओमोडा बिजुली कार

काठमाडौं । दीपेन्द्र सिंह ऐरीले ओमोडा बिजुली कार जितेका छन् । शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा नेपाली खेलाडीमध्ये उत्कृष्ट हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान ऐरीले ओमोडा ई-फाइभ कार पाएका हुन् ।

यसअघि शारडा ग्रुपले  एनपीएलको उत्कृष्ट खेलाडीलाई यो कार उपहार दिने घोषणा गरेको थियो । नेपाली बजारमा ओमोडा ई-फाइभकाे मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेकाे छ ।

टीयू क्रिकेट मैदानमा भएको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराएको थियो ।

पछिल्लो अध्यावधिक: पुस ६, २०८१ १७:३५