close

नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची

टेकपाना टेकपाना

फागुन २७, २०८१ ११:३

नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची

काठमाडौं । नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घटेको छ । नेपालस्थित एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले हालै यस सिरिजसहित अन्य पुराना मोडलहरूको मूल्य परिमार्जन गरेको हो ।

हुकुट, ओलिज स्टोर, इभो स्टोरजस्ता आधिकारिक एप्पल स्टोरबाट आईफोन १६ मोडेल खरिद गर्दा एक वर्षको अतिरिक्त वारेन्टी, दुई पटक फ्रन्ट स्क्रिन रिप्लेसमेन्ट र दुई पटक ब्याक ग्लास रिप्लेसमेन्टको सुविधा पाइने कम्पनीले जनाएको छ । साथै एप्पलको २० वाटको चार्जिङ एडाप्टर पनि निःशुल्क पाइने छ । 

अब आईफोन १६ प्रो म्याक्सको २५६ जीबी भेरियन्ट दुई लाख सात हजार रुपैयाँमै किन्न सकिन्छ भने ५१२ जीबी भेरियन्टको मूल्य दुई लाख ४५ हजार ५०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, १ टीबी भेरियन्टको नयाँ मूल्य दुई लाख ८४ हजार रुपैयाँ रहेको छ ।

हेर्नुहोस् आईफोन १६ सिरिजको अपडेटेड मूल्य सूची

 

मोडेल

स्टोरेज

पहिलेको मूल्य (रु.)

अहिलेको मूल्य (रु.)

आईफोन १६ प्रो म्याक्स

२५६ जीबी

२,१४,९००

२,०७,०००

आईफोन १६ प्रो म्याक्स

५१२ जीबी

२,५६,५००

२,४५,५००

आईफोन १६ प्रो म्याक्स

१ टीबी

२,९४,०००

२,८४,०००

आईफोन १६ प्रो

१२८ जीबी

१,७८,९००

१,६८,७००

आईफोन १६ प्रो

२५६ जीबी

१,९८,०००

१,८८,२००

आईफोन १६ प्रो

५१२ जीबी

२,३७,५००

२,२६,६००

आईफोन १६ प्रो

१ टीबी

२,७५,१००

२,६५,२००

आईफोन १६ प्लस

१२८ जीबी

१,५६,९००

१,४९,६००

आईफोन १६ प्लस

२५६ जीबी

१,७५,०००

१,६८,२००

आईफोन १६ प्लस

५१२ जीबी

२,१२,१००

२,०५,६००

आईफोन १६

१२८ जीबी

१,३८,६००

१,३०,२००

आईफोन १६

२५६ जीबी

१,५६,९००

१,४९,०००

आईफोन १६

५१२ जीबी

१,९३,५००

१,८६,५००


 

पछिल्लो अध्यावधिक: फागुन २७, २०८१ १२:११