काठमाडौं । नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घटेको छ । नेपालस्थित एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले हालै यस सिरिजसहित अन्य पुराना मोडलहरूको मूल्य परिमार्जन गरेको हो ।
हुकुट, ओलिज स्टोर, इभो स्टोरजस्ता आधिकारिक एप्पल स्टोरबाट आईफोन १६ मोडेल खरिद गर्दा एक वर्षको अतिरिक्त वारेन्टी, दुई पटक फ्रन्ट स्क्रिन रिप्लेसमेन्ट र दुई पटक ब्याक ग्लास रिप्लेसमेन्टको सुविधा पाइने कम्पनीले जनाएको छ । साथै एप्पलको २० वाटको चार्जिङ एडाप्टर पनि निःशुल्क पाइने छ ।
अब आईफोन १६ प्रो म्याक्सको २५६ जीबी भेरियन्ट दुई लाख सात हजार रुपैयाँमै किन्न सकिन्छ भने ५१२ जीबी भेरियन्टको मूल्य दुई लाख ४५ हजार ५०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, १ टीबी भेरियन्टको नयाँ मूल्य दुई लाख ८४ हजार रुपैयाँ रहेको छ ।
हेर्नुहोस् आईफोन १६ सिरिजको अपडेटेड मूल्य सूची
|
मोडेल |
स्टोरेज |
पहिलेको मूल्य (रु.) |
अहिलेको मूल्य (रु.) |
|
आईफोन १६ प्रो म्याक्स |
२५६ जीबी |
२,१४,९०० |
२,०७,००० |
|
आईफोन १६ प्रो म्याक्स |
५१२ जीबी |
२,५६,५०० |
२,४५,५०० |
|
आईफोन १६ प्रो म्याक्स |
१ टीबी |
२,९४,००० |
२,८४,००० |
|
आईफोन १६ प्रो |
१२८ जीबी |
१,७८,९०० |
१,६८,७०० |
|
आईफोन १६ प्रो |
२५६ जीबी |
१,९८,००० |
१,८८,२०० |
|
आईफोन १६ प्रो |
५१२ जीबी |
२,३७,५०० |
२,२६,६०० |
|
आईफोन १६ प्रो |
१ टीबी |
२,७५,१०० |
२,६५,२०० |
|
आईफोन १६ प्लस |
१२८ जीबी |
१,५६,९०० |
१,४९,६०० |
|
आईफोन १६ प्लस |
२५६ जीबी |
१,७५,००० |
१,६८,२०० |
|
आईफोन १६ प्लस |
५१२ जीबी |
२,१२,१०० |
२,०५,६०० |
|
आईफोन १६ |
१२८ जीबी |
१,३८,६०० |
१,३०,२०० |
|
आईफोन १६ |
२५६ जीबी |
१,५६,९०० |
१,४९,००० |
|
आईफोन १६ |
५१२ जीबी |
१,९३,५०० |
१,८६,५०० |
पछिल्लो अध्यावधिक: फागुन २७, २०८१ १२:११
