close

सीमित अवधिका लागि गुगलको ‘भिओ थ्री’ निःशुल्क: जेमिनाईमा ८ सेकेन्डको भिडिओ बनाउन सकिने

टेकपाना टेकपाना

भदौ ७, २०८२ १३:१६

सीमित अवधिका लागि गुगलको ‘भिओ थ्री’ निःशुल्क: जेमिनाईमा ८ सेकेन्डको भिडिओ बनाउन सकिने

काठमाडौँ । गुगलले आफ्नो पछिल्लो भिडिओ जेनेरेसन मोडेल ‘भिओ थ्री’ निःशुल्क प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ । कम्पनीले सोमबारसम्मका लागि नि:शुल्क प्रयोगकर्तालाई शब्दकै भरमा आवाजसहितको भिडिओ बनाउन सकिने फिचर उपलब्ध गराएको हो ।

यससँगै अब जेमिनाई एपका सामान्य प्रयोगकर्ताले पनि टेक्स्ट प्रम्प्टबाट ८ सेकेन्ड लामो र आवाजसहितको भिडिओ बनाउन सक्नेछन् ।

गुगलले गत मे महिनामा सार्वजनिक गरेको यो एआई मोडेलले प्रयोगकर्ताको निर्देशन अनुसार उच्च गुणस्तरको भिडिओ क्लिप तयार पार्न सक्छ । कम्पनीले यो विशेष अफर नेपाली समय अनुसार सोमबार बिहान ११:४५ बजेसम्मका लागि मात्र सीमित गरेको छ ।

नि:शुल्क प्रयोगकर्ताले के पाउँछन् ?

यस अवधिमा नि:शुल्क प्रयोगकर्ताले कुल तीन ओटा भिओ थ्री भिडिओ बनाउन पाउनेछन् । यसमा कम्पनीले प्रयोगकर्तालाई ‘भिओ थ्री फास्ट’ भर्सनको एक्सेस दिनेछ । यस मोडेलले सामान्यभन्दा दोब्बर छिटो भिडिओ तयार पार्छ । भिडिओको रेजोलुसन ७२० पिक्सेल हुनेछ भने भिडिओको तल दायाँ कुनामा ‘भिओ’को वाटरमार्क रहनेछ ।

कसरी प्रयोग गर्ने ?

यो सुविधा प्रयोग गर्न जेमिनाई एप खोल्दा प्रयोगकर्ताले सिधै सूचना पाउन सक्छन् । यदि सूचना नदेखिएमा प्रम्प्ट बारमा रहेको तीन ओटा डट भएको मेनुमा ट्याप गरेर ‘Video: Generate with Veo’ अप्सन छान्न सक्नुहुन्छ । त्यसबाहेक यहाँ क्लिक गरेर ब्राउजरबाटै पनि भिडिओ तयार पार्न सकिन्छ । 

भिडिओ बनाउनका लागि प्रयोगकर्ताले कुनै दृश्यको विस्तृत वर्णन, भिजुअल स्टाइल, ब्याकग्राउन्ड म्युजिक, संवाद र अन्य आवाज जस्ता विवरण प्रम्प्टमा लेख्नुपर्छ । भिडिओ बन्न केही मिनेट लाग्नेछ र तयार भएपछि त्यसलाई डाउनलोड गर्न वा शेयर गर्न मिल्ने लिङ्क प्राप्त गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: भदौ ७, २०८२ १३:३२