एप्पलले यो वर्ष ‘आईफोन फोल्ड’ सहित आईफोन १८ सिरिज ल्याउने, फेस आईडीको सट्टा अब फिङ्गरप्रिन्ट
माघ २, २०८२ १६:५९
काठमाडौँ । एप्पल विश्लेषक जेफ पुले यस वर्ष सार्वजनिक हुने एप्पलका उत्पादनबारे नयाँ खुलासा गरेका छन् । हालै एक ‘इन्भेस्टर नोट’ सार्वजनिक गर्दै जेफले एप्पलको ‘आईफोन फोल्ड’मा सुरक्षाका लागि ‘फेस आईडी’ को सट्टा ‘टच आईडी’ (फिङ्गरप्रिन्ट) हुने खुलासा गरेका हुन् ।
सन् २०२६ मा विश्वव्यापी स्मार्टफोन बजार चार प्रतिशतले खुम्चने अनुमान गरिएको छ । विशेषगरी मेमोरी चिपको बढ्दो लागत र एन्ड्रोइडका सस्ता फोनको मागमा आएको गिरावटका कारण बजार प्रभावित हुने देखिए पनि एप्पलले भने यसको प्रतिकार गर्ने रणनीति अपनाएको छ ।
विश्लेषक जेफ पुका अनुसार एप्पलले सन् २०२६ मा २५ करोड युनिट आईफोन ढुवानी गर्ने लक्ष्य राखेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा २ प्रतिशतको वृद्धि हो । यससँगै एप्पलको बजार हिस्सा सन् २०२४ को १९ प्रतिशत र २०२५ को २० प्रतिशतबाट बढेर २०२६ मा २१ प्रतिशत पुग्ने अनुमान छ । आईफोन १७ को बलियो मागले पनि यस वृद्धिलाई सघाउने देखिएको छ ।
आईफोन १८ सिरिज र फोल्डेबल आईफोनको विशेषता
सन् २०२६ को सेप्टेम्बरमा एप्पलले तीन ओटा मुख्य मोडेल आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र आईफोन फोल्ड सार्वजनिक गर्ने तयारी गरेको छ ।
|
आईफोन १८ प्रो |
आईफोन १८ प्रो म्याक्स |
आईफोन फोल्ड |
|
|
सार्वजनिक हुने समय |
सेप्टेम्बर २०२६ |
सेप्टेम्बर २०२६ |
सेप्टेम्बर २०२६ |
|
डिस्प्ले |
६.३ इन्च |
६.९ इन्च |
७.८ इन्च (भित्री), ५.३ इन्च (बाहिरी) |
|
प्रोसेसर |
A20 Pro, N2, WMCM |
A20 Pro, N2, WMCM |
A20 Pro, N2, WMCM |
|
र्याम |
१२ GB LPD5 |
१२ GB LPD5 |
१२ GB LPD5 |
|
अगाडिको क्यामेरा |
१८ मेगापिक्सेल |
१८ मेगापिक्सेल |
१८ मेगापिक्सेल (फोल्ड र अनफोल्ड दुबै) |
|
पछाडिको क्यामेरा |
४८ मेगापिक्सेल (मुख्य), ४८ मेगापिक्सेल (पेरिस्कोप), ४८ मेगापिक्सेल (अल्ट्रा वाइड) |
४८ मेगापिक्सेल (मुख्य), ४८ मेगापिक्सेल (पेरिस्कोप), ४८ मेगापिक्सेल (अल्ट्रा वाइड) |
४८ मेगापिक्सेल (मुख्य), ४८ मेगापिक्सेल (अल्ट्रा वाइड) |
|
फेस आइडी |
स्ट्रक्चर लाइट, सानो डाइनामिक आइल्याण्ड |
स्ट्रक्चर लाइट, सानो डाइनामिक आइल्याण्ड |
छैन (टच आइडी रहने) |
|
बनावट |
आल्मुनियम |
आल्मुनियम |
टाइटेनियम + आल्मुनियम |
|
BB चिप |
एप्पल सी टु |
एप्पल सी टु |
एप्पल सी टु |
एप्पलले सन् २०२६ को सेप्टेम्बरमा प्रो र फोल्ड मोडेल ल्याएपछि सन् २०२७ को सुरुवातममा आईफोन १८ को बेस मोडेल, आईफोन १८ई र आईफोन एयर २ सार्वजनिक गर्ने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: माघ २, २०८२ १७:४४
