काठमाडौँ । ह्वाट्सएपले आफ्नो मुख्य च्याट स्क्रिनमा ‘लिक्विड ग्लास’ डिजाइन समावेश गर्ने भएको छ । पछिल्लो समय प्रविधि क्षेत्रमा चर्चामा रहेको डिजाइन स्टाइललाई कम्पनीले आफ्नो प्लेटफर्ममा समावेश गर्न लागेको हो ।
यससँगै ह्वाट्सएपको मातृ कम्पनी मेटाले च्याटभित्रको इन्टरफेसमा पनि सोही नयाँ परिमार्जित डिजाइन थप्ने तयारी गरेको छ । गत वर्षदेखि नै ह्वाट्सएपले एपको तल्लो नेभिगेसन बार र च्याट ट्याबका केही भागमा यसको परीक्षण सुरु गरेको थियो ।
ह्वाट्सएपबारे जानकारी दिने प्लेटफर्म ‘डब्लूएबेटाइन्फो’ले अक्टोबरको सुरुमा यो नयाँ डिजाइन केही प्रयोगकर्तामाझ उपलब्ध हुन थालेको रिपोर्ट सार्वजनिक गरेको थियो । तर, आधिकारिक एपमा यसको विस्तार अपेक्षा गरिएभन्दा धेरै सुस्त देखिएको छ भने अधिकांश प्रयोगकर्ताले अझै यो नयाँ इन्टरफेस प्राप्त गर्न सकेका छैनन् ।
यद्यपि मेटाले ‘टेस्टफ्लाइट’ मार्फत उपलब्ध ह्वाट्सएपको बेटा भर्सनमा भने ‘लिक्विड ग्लास’ डिजाइनलाई निरन्तर विस्तार गरिरहेको छ । यसै वर्षको सुरुमा भ्वाइस मेसेज प्लेयरलाई यसै नयाँ लुकमा अपडेट गरिएको थियो भने अब सम्पूर्ण ‘इन-च्याट’ स्क्रिनमै यो डिजाइन ल्याउने काम भइरहेको डब्लूएबेटाइन्फोले जनाएको छ ।
📝 WhatsApp for iOS 25.28.75: what's new?
— WABetaInfo (@WABetaInfo) October 8, 2025
WhatsApp is rolling out the new Apple's new Liquid Glass design language for the iOS 26 app, and it's available to some users!
Some users can experiment with this feature by installing the previous update.https://t.co/SPrdOvJGgc pic.twitter.com/LmDlCfAJeQ

हाल यो फिचर बिटा परीक्षणकर्ताका लागि समेत उपलब्ध भइसकेको छैन । तर डब्लूएबेटाइन्फोले एपको कोडभित्र लुकेको यो नयाँ इन्टरफेसलाई एक्टिभ गरेर लिक गरिदिएको छ ।
यो फिचर हाल एपको कोडमा मात्र सीमित रहेको अवस्थामा यो आधिकारिक रूपमा कहिले सार्वजनिक हुन्छ भन्ने कुनै निश्चित समय तोकिएको छैन ।
पछिल्लो अध्यावधिक: बैशाख १९, २०८३ ९:११
