close

२०० मेगापिक्सेल क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ‘भिभो भी७० एफई’ बजारमा, मूल्य ६३ हजारदेखि

टेकपाना टेकपाना

बैशाख ३१, २०८३ १५:१४

२०० मेगापिक्सेल क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ‘भिभो भी७० एफई’ बजारमा, मूल्य ६३ हजारदेखि

काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘भिभो भी७० एफई’ नेपाली बजारमा सार्वजनिक गरेको छ । २०० मेगापिक्सेलको अल्ट्रा-क्लियर क्यामेरा र ७००० एमएएचको ब्याट्री मुख्य विशेषता रहेको यो फोन बिहीबारदेखि देशभरका भिभोका रिटेल स्टोर र दराज अनलाइनमार्फत बिक्री सुरु भएको हो ।

यात्रा र फोटोग्राफीमा रुचि राख्ने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यस स्मार्टफोनमा ओआईएस प्रविधिसहितको २०० मेगापिक्सेलको मुख्य सेन्सर जडान गरिएको छ । साथै, सेल्फीका लागि ३२ मेगापिक्सेलको एचडी क्यामेरा छ । दुवै क्यामेराबाट फोरके स्टेबल भिडिओ रेकर्डिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

फोटोग्राफी अनुभवलाई स्तरीय बनाउन यसमा एआई म्याजिक ल्याण्डस्केप, स्नो टाउन, अरोरा इफेक्ट र एआई म्याजिक वेदर जस्ता एआई फिचर समावेश छन् ।

फोनको पर्फमेन्स र टिकाउपनका लागि यसमा मिडियाटेक डाइमेन्सिटी ७३६०-टर्बो प्रोसेसर प्रयोग गरिएको छ । ७.५९ एमएम पातलो र आधुनिक ‘डाइनामिक रिङ’ डिजाइनमा उपलब्ध यो फोनमा १.५के इन्फिनिटी एमोलेड डिस्प्ले रहेको छ । धुलो र पानीबाट बचाउन यस डिभाइसमा आईपी६८ र आईपी६९ रेटिङ प्रदान गरिएको छ ।

ब्याट्री क्षमताका हिसाबले यसमा ७००० एमएएचको ‘ब्लुभोल्ट’ ब्याट्री र ९० वाटको फ्ल्यासचार्ज टेक्नोलोजी छ ।

नेपाली बजारमा यो स्मार्टफोन दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६२,९९९ रुपैयाँ तथा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ७२,९९९ रुपैयाँ तोकिएको छ ।

बिक्री सुरु भएको अवसरमा भिभोले विशेष अफरहरू समेत सार्वजनिक गरेको छ । पहिलो १,००० ग्राहकले एङ्कर साउन्डकोर पी२०आई (Anker Soundcore P20i) इयरबड्स निःशुल्क प्राप्त गर्नेछन् ।

त्यस्तै, पहिलो २,००० ग्राहकले मात्र १९९ रुपैयाँमा ‘भिभो सिल्ड प्रोटेक्सन प्लान’ पाउनेछन्, जसमा ६ महिनासम्मका लागि स्क्रिन रिप्लेसमेन्ट र वाटर ड्यामेज प्रोटेक्सन सुविधा समावेश छ । ग्राहकले शून्य प्रतिशत ब्याजदरमा १२ महिनाको ईएमआई सुविधामा समेत यो फोन खरिद गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८३ १५:३५