close

+२ परीक्षा दिएका विद्यार्थीका लागि निःशुल्क एआई तथा डिजिटल मार्केटिङ तालिम, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

जेठ ७, २०८३ ९:७

+२ परीक्षा दिएका विद्यार्थीका लागि निःशुल्क एआई तथा डिजिटल मार्केटिङ तालिम, यसरी बन्नुहोस् सहभागी

काठमाडौँ । ग्लोबल कलेज अफ टेक्नोलोजीले +२ परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै “Future-Ready Skills for Success” नामक निःशुल्क तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रम कलेजको “globalConnect Series 2” अन्तर्गत आयोजना गर्न लागिएको हो ।

युनिभर्सिटी अफ हडर्स्फिल्डबाट सम्बन्धन प्राप्त यस कलेजले विद्यार्थीहरूलाई प्रविधिमैत्री, व्यावहारिक तथा भविष्य उन्मुख सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको जनाएको छ।

कलेजका अनुसार तालिममा कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा, डिजिटल मार्केटिङ र ग्राफिक डिजाइन सम्बन्धी प्रशिक्षण दिइने छ । यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास, करिअर तयारी तथा सिर्जनशील क्षमतामा सकारात्मक प्रभाव पार्ने कलेजका प्रिन्सिपल डा. देवराज पनेरुकाे भनाइ छ । 

तालिम आगामी १२ जेठ (२६ मे) बाट सुरु हुनेछ । इच्छुक विद्यार्थीहरूले यहाँ क्लिक गरेर तालिमका लागि आवेदन दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८३ ११:२