close

नेपाल टेलिकममा सरकारको स्वामित्व ६६ प्रतिशतमा झारिने, बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने

टेकपाना टेकपाना

जेठ १५, २०८३ १६:४५

नेपाल टेलिकममा सरकारको स्वामित्व ६६ प्रतिशतमा झारिने, बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने

काठमाडौँ । सरकारले नेपाल टेलिकममा रहेको आफ्नो स्वामित्व घटाउँदै सर्वसाधारणको सहभागिता बढाउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाल टेलिकममा नेपाल सरकारको स्वामित्व ६६ प्रतिशत कायम राखी बाँकी शेयर सर्वसाधारणमा बिक्री गर्ने घोषणा गरेका हुन् ।

हाल नेपाल टेलिकममा सरकारको झण्डै ९१ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेकोमा त्यसलाई घटाएर ६६ प्रतिशतमा सीमित गर्न लागिएको हो ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १६:४८