close

वित्तीय प्रविधिमा नवीनता ल्याउन फिनटेक मार्केटप्लेस स्थापना गरिने

टेकपाना टेकपाना

जेठ १५, २०८३ २०:३२

वित्तीय प्रविधिमा नवीनता ल्याउन फिनटेक मार्केटप्लेस स्थापना गरिने

काठमाडौँ । सरकारले मुलुकको वित्तीय क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै वित्तीय सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले फिनटेक मार्केटप्लेस स्थापना गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यो नयाँ अवधारणा अघि सारेका हुन् ।

अर्थमन्त्रीका अनुसार यो मार्केटप्लेस नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष सुपरिवेक्षणमा सञ्चालन गरिनेछ । यसले वित्तीय प्रविधि (Fintech) को क्षेत्रमा काम गरिरहेका उद्यमी, स्टार्टअप र वित्तीय संस्थाहरूलाई एउटै मञ्चमा ल्याई नवीन डिजिटल सेवाहरू विकास र विस्तार गर्न सहयोग पुर्‍याउने छ ।

सरकारले सूचना प्रविधि र डिजिटल सार्वजनिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको सन्दर्भमा फिनटेक मार्केटप्लेसलाई एक महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सरकारले बिल जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करमा १० प्रतिशत छुट दिने नीति समेत अख्तियार गरेको छ । जसलाई फिनटेक मार्केटप्लेसले थप सघाउ पुर्‍याउनेछ ।

सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने र नेपाललाई टेकहब बनाउने सरकारको लक्ष्य अनुरूप फिनटेक क्षेत्रमा हुने नवप्रवर्तनले अर्थतन्त्रलाई आधुनिकीकरण गर्न मद्दत पुर्‍याउनेछ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ २१:१४