close

हेटौँडामा ग्रिन हाइड्रोजन र काठमाडौँ उपत्यकामा ब्याट्री स्टोरेज प्रणाली सञ्चालन गर्ने सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ १५, २०८३ १७:३१

हेटौँडामा ग्रिन हाइड्रोजन र काठमाडौँ उपत्यकामा ब्याट्री स्टोरेज प्रणाली सञ्चालन गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले हेटौँडामा ग्रिन हाइड्रोजन प्लान्ट र काठमाडौँ उपत्यकामा ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्ने भएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसबारे योजना सुनाए।

ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन प्रारम्भ गर्न हेटौँडामा २.५ मेगावाट क्षमताको प्लान्टलाई पाइलट परियोजनाका रूपमा अघि बढाइने र आवश्यक बजेटको व्यवस्था गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

अर्थमन्त्री डा. वाग्लेले भने, “ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौँडामा २.५ मेगावाट क्षमताको ग्रिन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा कार्यान्वयन गर्नेछौँ । सुक्खायामको पिक आवरमा हुने विद्युत् अभावलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकामा १०० मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौँ । ग्रिन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।”

 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १७:३१