close
काठमाडौँ बिजनेश क्याम्पसको टेक ट्रेण्ड्स सिम्फोसियम शनिबार
  • Organizer: काठमाडौँ बिजनेश क्याम्पस (के.बी.सी)

काठमाडौंको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोसियम आयोजना गर्ने भएको छ ।

सूचना प्रविधि शिक्षाका लागि लोकप्रिय काठमाडौं बिजनेश क्याम्पस केबिसीले आइटीको क्षेत्रमा हासिल उपलब्धीको ​बारेमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ । यहि क्रममा भाद्र २३ गते शनिबार क्याम्पस परिसर, बनस्थलि, बालाजुमा आयोजना हुने सिम्फोसियम मा आईटी सेक्टरका इनोभेटिभ ट्रेन्डका बारेमा विज्ञहरुको प्रस्तुती तथा अन्र्तक्रिया हुनेछ । पछिल्लो समयमा चर्चित आर्टिफिसियल इन्टेलिजेन्स एआई, डाटा साइन्स र साइबर सेक्युरिटिज विषयमा बृहत छलफल हुने गरि सिम्फोसियम आयोजना गर्न लागेको क्याम्पसका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटीका अवसर र चुनौतीहरु’ विषयमा कि–नोट स्पीकरका रुपमा माइक्रोसफ्टको AI (Copilot) and Microsoft Teams UC का प्रिन्सीपल सोलुसन्स आर्किटेक्ट समिर थापाको प्रस्तुती यो सिम्फोसियमको आकर्षण हुनेछ । थापाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का बारेमा पनि विशेष सामाग्री प्रस्तुत गर्नेछन् । यस्तै साइबर सेक्युरिटिजको विषयमा युनिभर्सिटी अफ टोरोन्टो, क्यानाडाका विज्ञ डा= डिल्ली शर्माको प्रस्तुती रहनेछ ।

 

बिसिए र बिबिएस अध्यापन हुने काठमाडौं बिजनेस क्याम्पसमा विद्यार्थीहरुलाई रोजगारीका अवसर सिर्जना गर्न तथा उद्यमशील बनाउन नन क्रेडिट कोर्सको रुपमा थुप्रै आइटी बेस पाठ्यक्रमहरु संचालनमा छन् । ति पाठ्यक्रमलाई समयानुसार अपडेट गर्दै लगिएको प्रिन्सिपल श्रेष्ठले बताए । यसप्रकारका कार्यक्रमलाई पाठ्यक्रमलाई थप मजबुत बनाउने उनको भनाई थियो ।

सिम्फोसियम मार्फत विद्यार्थीले आफूलाई कुन विषयमा जाँदा सक्षम र गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने बारेमा बुझ्ने क्याम्पसले विश्वास लिएको छ । सो दिन ती विषयका
विज्ञहरुसँग अहिले बजार व्यवस्थापन कतातिर जाँदैछ, के हुँदैछ भन्ने कुरामा पनि स्पष्ट हुन सकिनेछ ।

साथै काठमाडौँ बिजनेश क्याम्पसमा यसै वर्षबाट एआई, डाटा साइन्स र साइबर सेक्युरिटिज विषयलाई तेस्रो सेमेष्टरबाट नै सुरु गर्ने तयारी गरेको छ । त्यसबाट विद्यार्थीहरुले ज्ञान र सिप दुवै हासिल गर्नसक्ने क्याम्पसले विश्वास लिएको छ । यी सबै विषयलाई समेट्ने शनिबारको सिम्फोसियम निकै महत्वपुर्ण हुने बताइएको छ ।