close

१७ करोड खर्चेर धार्मिक र पर्यटकीय क्षेत्रका ४१ स्थानमा फ्रि वाइफाई

टेकपाना टेकपाना

असोज १२, २०७६ ८:०

१७ करोड खर्चेर धार्मिक र पर्यटकीय क्षेत्रका ४१ स्थानमा फ्रि वाइफाई

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आगामी नयाँ वर्षसम्ममा धार्मिक र पर्यटकीय क्षेत्रमा फ्रि वाईफाई उपलब्ध गराउने भएको छ । प्राधिकरणको करीब १७ करोड रुपैयाँ खर्च गरेर तीब्र गतिकाे इन्टरनेट पुर्‍याउन लागिएको हो ।

कार्यक्रमअनुसार विभिन्न तीन प्याकेजमा विभाजन गरी धार्मिक तथा पर्यटकीय क्षेत्रमा निःशूल्क वाईफाई उपलब्ध गराइनेछ । जसअनुसार प्याकेज ‘ए’मा अन्नपूर्ण सर्किट र मुक्तिनाथ मन्दीर, प्याकेज ‘बी’मा एभरेष्ट बेसक्याम र प्याकेज सीमा जानकी तथा पाथिभरा मन्दीर लगायतका क्षेत्रमा निःशूल्क वाईफाई पुग्नेछ । ती क्षेत्रमा न्यूनतम १० एमबीपीएस गतिको डेडिकेटेड तथा ५० एमबीपीएस गतिको लोकल ब्याण्डविथ सहितको इन्टरनेट उपलब्ध गराउने सरकारी योजना छ ।

वाईफाई विस्तारका लागि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकबाट आवेदन समेत मागिसकेको छ । कार्यक्रमका लागि इन्टरनेट सेवा प्रदायकहरुले ५ कात्तिक १९ सम्ममा बोलपत्र सहितको निवेदन दर्ता गराउन सक्नेछन् । तीन प्याकेजमा विभाजन गरी विस्तार गरिने वाईफाई नेटवर्कका लागि प्रदायकहरुले कुनै एउटा वा दुई ओटा वा तीनैओटै प्याकेजका लागि टेण्डर दर्ता गराउन सक्ने प्राधिकरणले जनाएको छ ।

योजनाअनुसार छनौट हुने सेवा प्रदायकले सम्झौता भएको ६ महिनाभीत्र त्यस्ता ठाउँहरुमा फ्रि वाईफाई उपलब्ध गराउनुपर्नेछ । यस हिसावले आगामी २०७६ को वैशाखसम्ममा ती क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगिसक्नेछ ।

यी हुन् वाईफाई जोडिने ४१ साइट


अन्नपुर्ण सर्किट र मुक्तिनाथ मन्दीरलाई आधार मानेर बाहुन डाँडा, स्याङ्गे, सिरी चौर, जगात, चाम्चे, ताल, धारापानी, बगरछाप, तीमाङ्ग, कोटो, चामे र ढिकुर पोखरीमा इन्टरनेट पुग्नेछ । त्यस्तै सोही प्याकेजअन्तरगत पिसाङ, हुम्दी, मनाङ, याक खर्क, थोरङ्गला, मुक्तिनाथ, कागबेनी, त्सेराङ, लोमान्थाङ, लेटे र तातोपानीमा समेत वाईफाई उपलब्ध गराइनेछ ।

यसैगरी एभरेष्ट बेसक्याम्पलाई आधार मानेर तयार पारिएको दोश्रो प्याकेज अन्तरगत एभरेष्ट बेसक्याम्प, गोरक्षेप, लोबुचे, लुक्ला, मोञ्जो, नाम्चे, फाक्दिङ, फेरिचे र तेङ्बोचेमा इन्टरनेट जडान गरिनेछ ।

अन्तिम प्याकेज अन्तरगत जानकी मन्दीर, पाथिभरा मन्दीर, हलेसी महादेव मन्दीर, बराह क्षेत्र, गुरुद्धारा, जामे मस्जिद र पञ्च कस्मिरी तकिया

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३