close

वर्ल्डलिङ्कका ग्राहकले ९१ हजार मूल्य पर्ने ल्यापटप ६१ हजारमै पाउने

टेकपाना टेकपाना

बैशाख ६, २०८१ १५:८

वर्ल्डलिङ्कका ग्राहकले ९१ हजार मूल्य पर्ने ल्यापटप ६१ हजारमै पाउने

काठमाडाैं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले नयाँ वर्ष २०८१ काे अवसरमा ग्राहकका लागि नयाँ अभियान ल्याएकाे छ । ‘खुसियालीको बहार, नयाँ वर्षमा उपहार’ नामकाे अभियानमा नयाँ तथा पुराना ग्राहकलाई पाँच आकर्षक अफरहरू प्रदान गरिने कम्पनीले जनाएकाे छ ।

यसअन्तर्गत ‘वर्ल्डलिङ्कसँग पानासोनिक’, ‘वर्ल्डलिङ्कसँग दृष्टि स्मार्ट आईपी सीसीटीभी क्यामेरा’, ‘वर्ल्डलिङ्कसँग अनर फोन’, ‘वर्ल्डलिङ्कसँग डेल ल्यापटप’, ‘वर्ल्डलिङ्कसँग बोट’ अभियान ल्याइएकाे छ । 

वर्ल्डलिङ्कसँग पानासोनिक: वर्ल्डलिङ्कका नयाँ तथा पुराना ग्राहकले पानासोनिकका एलईडी टीभी, वाशिङ मसिन, माइक्रोवेभ, फ्रिज लगायतका घरेलु उपकरणहरूमा ३७ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्छन् । वर्ल्डलिङ्कको इन्टरनेट बिल भुक्तानी गर्दा प्राप्त हुने अटो एसएमएस कोड पानासोनिकको आधिकारिक स्टोरमा गएर अफर दाबी गर्न सकिन्छ, वा क्यूआर कोड स्क्यान गरेर नजिकैको स्टोर भ्रमण गरी कुनै पनि तीन ओटा प्रडक्टमा छुट लिन सक्नुहुन्छ ।

वर्ल्डलिङ्कसँग दृष्टि स्मार्ट आईपी सीसीटीभी क्यामेरा: यस अफर अन्तर्गत ग्राहकले रु. ७,२५० पर्ने सीसीटीभी क्यामेरा रु. ४,००० छुटसहित रु. ३,२५० मा खरिद गर्न सक्छन् । साथै क्यामेरामा २४ घण्टाको निःशुल्क रेकर्डिङ पनि प्राप्त गर्न सकिने छ ।

वर्ल्डलिङ्कसँग अनर फोन: यदि तपाईं फोन किन्ने योजनामा हुनुहुन्छ भने वर्ल्डलिङ्कको ग्राहक बनेर रु. ४३,९९९ पर्ने अनर एक्स९बी स्मार्टफोन रु. ३४,९९९ मा नै खरिद गर्न सक्नुहुनेछ ।

वर्ल्डलिङ्कसँग डेल ल्यापटप: यस अफर अन्तर्गत रु. ९०,९९९ पर्ने 'डेल ल्याटिच्यूड ३४४०' माेडेलकाे ल्यापटप रु. ६०,९९९ मा खरिद गर्न सक्नुहुनेछ ।

वर्ल्डलिङ्कसँग बोट: यस अफर अन्तर्गत ग्राहकले बोटको रु. ४,४९९ पर्ने अल्टिमा कनेक्ट स्मार्टवाच रु. २,२५० मा र रु. ३,२९९ पर्ने बोट वायरलेस एयरडोप्स १७० रु. १,६९९ मा खरिद गर्न सक्नुहुनेछ ।

सीसीटीभी क्यामेरा, बोट एयरडोप्स र स्मार्टवाच किन्न चाहनुहुन्छ भने नजिकैको वर्ल्डलिङ्कको शाखा भ्रमण गरी छुट दाबी गर्न सकिन्छ । डेल ल्यापटपको लागि भने वर्ल्डलिङ्कको वेबसाइटमा गएर फारम भर्ने वा वर्ल्डलिङ्कको फेसबुक वा वेबसाइटमा मेसेज पठाएर आफ्नो ल्यापटप बुक गर्नुपर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८१ १५:२५