close

ब्राउजर आकर्षक बनाउँदै माइक्रोसफ्ट, यस्तो बन्दैछ लोगो

टेकपाना टेकपाना

कात्तिक १९, २०७६ ९:५५

ब्राउजर आकर्षक बनाउँदै माइक्रोसफ्ट, यस्तो बन्दैछ लोगो

कम्युटर अपरेटिङ सिस्टममा माइक्रोसफ्टको एकाधिकार जस्तै छ । संसारभर प्रयोगमा रहेका अधिकांश कम्युटरमा माइक्रोसफ्टकै आधिपत्य छ । तर माइक्रोसफ्टको ब्राउजर भने एउटा ‘जोक’ मा सीमित भएको छ ।

कुनै कुरा ढिलो र सुस्त भन्ने जनाउनु पर्दा धेरैले माइक्रोसफ्टको सुरुवाति ब्राउजर इन्टरनेट एक्स्प्लोररको उदाहरण दिन्थे । पछिल्लो समय द्रुत गतिमा चल्ने ब्राउजरको संख्या बढेसँगै माइक्रोसफ्टले पनि आफ्नो ब्राउजरको नाम परिवर्तन गरी माइक्रोसफ्ट एज राखेको छ ।

पछिल्ला वर्षमा माइक्रोसफ्ट एजमा धेरै फिचर समावेश गरिएका छन् । सजिलो गरी भन्नुपर्दा अहिले चल्तीका ब्रउजरले दिने सबै फिचर माइक्रोसफ्ट एजले पनि दिन्छ । तर, प्रयोगकर्ताको संख्या हेर्दा माइक्रोसफ्ट एज सबैभन्दा पुछारमा छ ।

एक तथ्यांक अनुसार कूल कम्प्युटर प्रयोगकर्तामध्ये ६८ प्रतिशतले गुगललको ब्राउजर गुगल क्रोम प्रयोग गर्छन् भने ४ प्रतिशतले मात्रै माइक्रोसफ्ट एज प्रयोग गर्छन् । अधिकांश कम्युटरमा आफ्नै अपरेटिङ सिस्टम प्रयोग भए पनि ब्राउजरको लोकप्रियता नबढेकोमा चिन्तित माइक्रोसफ्टले यसको लोगो पनि परिवर्तन गर्ने भएको छ ।

कम्पनीले हालै आफ्नो सामाजिक सञ्जालमार्फत एजको लोगो परिवर्तन गर्न लागेको जानकारी गराएको हो । चाँडै संसारभरका प्रयोगकर्ताले फेरिएको लोगोसँगै माइक्रोसफ्ट एजको नयाँ लुक्स देख्न पाउँनेछन् ।

तर, के परिवर्तन गरिएको लोगोले मात्रै प्रयोगकर्तालाई आकर्षित गर्न सक्ला त ? त्यसका लागि केही साता पर्खिनै पर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०