ट्रेन्डिङ:
टेलिकमको आग्रह ‘व्यक्तिगत कोड अरुलाई नदिनुहोस’ यस पटकको लिट्रेचर फेस्टिभल अनलाइनमै हुने वर्षकै उत्कृष्ट १२ एप, तपाईंले छुटाउनु त भएन ? अनलाइनमा यसरी आफैं बनाउनुहोस् आकर्षक शुभकामना कार्ड कोडिङमा रूचि राख्नेहरूका लागि भरतपुरमा राष्ट्रिय स्तरको ह्याकाथन हुँदै कत्तिको हानिकारक छ सुत्नुअघि स्मार्टफोन चलाउने बानी ? स्मार्टपालिका र कारखानाबीच सहकार्य, हरेक स्थानीय तहमा वैज्ञानिक शिक्षा प्रवर्द्धन गरिने टिकटकले बिगार्‍यो नेपालको इन्टरनेट सेवा क्रोम, एज लगायतका ब्राउजरमा फेला पर्‍यो नयाँ भाइरस, दैनिक ३० हजार डिभाइसमा आक्रमण गर्दै ब्लक भएका वेबसाइट हेर्ने ५ तरिका
close

टेलिकमको आग्रह ‘व्यक्तिगत कोड अरुलाई नदिनुहोस’

टेकपाना टेकपाना

कात्तिक १९, २०७६

टेलिकमको आग्रह ‘व्यक्तिगत कोड अरुलाई नदिनुहोस’

नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई कम्पनीले उपलब्ध गराएको व्यक्तिगत प्रयोजनका विवरण सुरक्षित राख्न आग्राह गरेको छ । कम्पनीले व्यक्तिगत ‘एक्टीभेसन कोड’, ‘ओटीपी’, ‘पिन नम्बर’, सेक्युरिटी कोड’ लगायतका कोड सुरक्षित राख्न आग्रह गरेको हो ।

‘एक्टीभेसन कोड, ओटीपी, पिन नम्बर, सेक्युरीटी कोड लगायतका कोड महत्वपूर्ण छन,’ टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य भन्छिन, ‘यस्तो कोड प्रयोगकर्ताको व्यक्तिगत गोपनीयतासँग जोडिएको छ । यस्ता कोड अन्य व्यक्तिलाई उपलब्ध गराउँदा सेवाग्राहीको गोपनियता तथा दुरसञ्चार सेवा प्रयोगमा समेत असर पर्न सक्छ ।’

व्यक्तिगत विवरण अन्य व्यक्तिलाई उपलब्ध गराउँदा मोबाइलको ब्यालेन्स चोर्ने, टेलिकमको एप्समा पहुँच राखेर सूचना पनि लिन सक्ने कम्पनीले जनाएको छ ।