close

क्यान निर्वाचन : संस्थागत र ब्यक्तिगत आजिवनमा सुनैनाको प्यानल बिजयी

टेकपाना टेकपाना

मंसिर ७, २०७६ २०:५७

सूचना प्रविधि क्षेत्रकाे छाता संगठन कम्प्युटर एशोसियसन नेपाल (क्यान) फेडेरेशनको संस्थागत समूह र व्यक्तिगत आजीवन समूह तर्फ सुनैना पाण्डे नेतृत्वको प्यानलले जित हात पारेको छ ।

संस्थागत सदस्यतर्फ पाण्डे प्यानलका अरुण वंशल, उमेश रघुवंशी, रंजित पौद्धार र बुद्धरत्न मानन्धर विजयी भएका छन् । यस समूहमा महिला त‍र्फका सदस्य पदमा रेवा राजभण्डारी, सरिता सिँह कायस्थ र सर्मिला भुजेल यस अघि नै निर्विरोध भइसेका छन् । त्यसैगरी व्यक्तिगत आजीवन सदस्य तर्फ समेत पाण्डे समूहकै हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भएका छन् ।

संस्थागत आजीवन सदस्य समूहमा भने नवराज कुँवर नेतृत्वको प्यानलले जित हात पारेको छ । जसमा डा. पवन कुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल निर्वाचित भएका छन् । प्रेदश समूहतर्फ गण्डकीमा

अन्य समूहका सदस्य पद र अध्यक्षका लागि भने मतगणना जारी छ । अध्यक्ष पदका लागि दुबै प्यानलबीच कडा टक्कर देखिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८१ १८:५३