close

अब यसरी डिलिट गर्नुहोस् फेसबुककाे हिस्ट्री

टेकपाना टेकपाना

माघ १५, २०७६ १३:२५

अब यसरी डिलिट गर्नुहोस् फेसबुककाे हिस्ट्री

एजेन्सी । दुई वर्ष अघि फेसबुकले प्रयोगकर्तालाई आफ्नो फेसबुक हिस्ट्री डिलिट गर्न मिल्ने सुविधा उपलब्ध गराउने जनाएको थियो । जानकारी दिएको दुई वर्ष सम्मपनि सेवा उपलब्ध नहुँदा त्यसलाई फेसबुकको मार्केटिङ एजेन्डाको रुपम लिन थालिएको थियो । तर, अब भने फेसबुकले साँचिक्कै उक्त सुविधा प्रयोगकर्तालाई उपलब्ध गराएको छ ।

फेसबुकले सेटिङ भित्र ‘अफ–फेसबुक एक्टीभीटी’ भन्ने अप्सन उपलब्ध गराएको छ । जसमार्फत तपाईंले आफ्नो फेसबुकको हिस्ट्री क्लियर गर्न सक्नुहुनेछ । यो सुविधा गत अगस्टबाट आयरल्याण्ड र दक्षिण कोरियामा उपलब्ध गराइसकेको थियो । अब भने सम्पूर्ण प्रयोगकर्ताले यो सुविधा उपयोग गर्न पाउने भएका छन् ।

यो सुविधा वेब भर्जर र मोबाइल दुबैमा उपलब्ध रहेको छ । तर, यहाँ हामी तपाईंहरुलाई मोबाइलबाट फेसबुकको हिस्ट्री क्लियर गर्न सिकाउँदै छौं । त्यसकालागि सुरुमा तपाईं फेसबुकको मोबाइल एप खोल्नुहोस् । दायाँ साइडको माथि रहेको तीन वटा धर्काेमा क्लिक गर्नुहोस ।

भित्र ‘सेटिङ एण्ड प्राइभेसी’ मेन्यु रहेको छ । त्यसमा क्लिक गरेसँगै तपाईंले त्यहाँ अर्को ‘सेटिङ’ अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गरि भित्र छिर्नुहोस । त्यहाँ ‘योर फेसबुक इन्फर्मेसन’ भन्ने सेक्सन भित्र तपाईंले खोज्नु भएको अप्सन फेला पार्नसक्नु हुनेछ ।

त्यहाँ ‘अफ–फेसबुक एक्टीभीटी’ भन्ने अप्सन दिइएको छ । त्यसमा क्लिक गर्दा तपाईंले ‘म्यानेज योर अफ–फेसबुक एक्टीभीटी’ र ‘क्लियर किस्ट्री’ दुई वटा अप्सन पाउनु हुनेछ् । त्यसमध्य दुबैको प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईं फेसबुकमा एड दिने थर्ड पार्टी साइटहरुको डेटालाई क्लियर गर्न चाहानु हुन्छ भने पहिलो अप्सनमा जान सक्नु हुनेछ ।

पहिलो अप्सनबाट जाँदा तपाईंले आफ्नो फेसबुकको ‘पासवर्ड’ हाल्नु पर्ने हुन्छ । भने, दोस्रो अप्सनबाट तपाईंले फेसबुकको हिस्ट्री क्लियर गर्न सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०