close

के हो म्याक्रो लेन्स ? जुन भविष्यमा बन्न सक्छ मोबाइल क्यामेराको मूख्य आकर्षण

टेकपाना टेकपाना

माघ २५, २०७६ १४:७

के हो म्याक्रो लेन्स ? जुन भविष्यमा बन्न सक्छ मोबाइल क्यामेराको मूख्य आकर्षण

काठमाडौं । वितेका केही वर्षयता स्मार्टफोनका फिचरहरुमा क्यामेराको विशेष बर्चस्व छ । एप्पल कम्पनीले पनि क्यामेरालाई नै विशेष जोड दिएर नयाँ आईफोन ११ सार्वजनिक गरेको छ । 

एप्पल मात्र होइन ह्वावे, गुगल तथा सामसङ जस्ता कम्पनीहरुले पनि क्यामेरा प्रविधिमा नै जोड दिदैँ आएका छन् । स्मार्टफोन निर्माणको पछिल्लो परिदृश्यलाई हेर्ने हो भने कम्पनीहरुमा फोन फोटोग्राफीलाई लिएर विशेष किसिमको प्रतिस्पर्धा चलिरहेको छ । यसकारण यी फोनहरु एउटामाथि अर्को लेन्स थप्दै गइरहेका छन् । 

टाइम अफ फ्लाइट, टीओएफ क्यामेरा, टेलिफोटो, वाइड लेन्सदेखि अल्ट्रावाइड लेन्ससम्म स्मार्टफोनमा प्रयोग हुने गरेका छन् । आज हामी तपाईंलाई म्याक्रो लेन्सको विषयमा बताउन गइरहेका छौं । जुन अहिलेको सबैभन्दा सफल लेन्समध्ये एक मानिन्छ । यद्यपी यो फोन फोटोग्राफीमा एकदमै विरलै प्रयोग भएको छ । 

के हो त म्याक्रो लेन्स ?

म्याक्रो लेन्स छोटो दूरीको फोटोग्राफीका लागि प्रयोग हुने लेन्स हो । नजिकका साना साना बस्तुहरुको विस्तृत चित्र उतार्नका लागि यो लेन्स प्रयोग हुन्छ । यो लेन्सले अन्य लेन्सले भन्दा छोटो दुरीमा तस्बिर खिच्न सक्छ । म्याक्रो लेन्स ‘माइनर म्याग्निफायर’ हो । यो लेन्सबाट लिएका तस्विरभित्रका वस्तुहरु वास्तविक जीवनमा साना हुन्छन् तर लेन्सले निकै ठूलो देखाउँछ । 

अबका स्मार्टफोनमा आउला त म्याक्रो लेन्स ?

आगामी केही वर्षमा म्याक्रो लेन्सले ठूलो छलाङ मार्ने सम्भावना छ । बजारमा उपलब्ध फोनहरुमा साओमीको रेड्मी नोट एट, सामसङ एस टेन लाइटमा यो लेन्सको प्रयोग भएको छ । तर यो लेन्सलाई लिएर बजार अझै त्यत्ति खुकुलो भने भइसकेको छैन । अहिले प्रयोगकर्ताको हातमा सर्वाधिक हुने फोन क्यामेरामा स्ट्याण्डर्ड लेन्स, अल्ट्रा वाइड र टेलिफोटो लेन्सहरु नै रहेका छन् । 

ठूलो जूमिङ क्षमतासहित पि थर्टी प्रो बजारमा सार्वजनिक हुँदा त्यसले विश्वभरका मानिसहरुको ध्यानकेन्द्रीत गर्‍यो । यदि अहिलेकै बजारमा कुनै पनि स्मार्टफोन निर्माणकर्ता कम्पनीहरुले म्याक्रो लेन्स सहितको फोन सार्वजनिक गरेर त्यसको राम्रो प्रयोग गराउन सक्यो भने त्यस्ता फोनहरुले प्रयोगकर्ताको ध्यान अवश्य पनि आफूतिर तान्ने नै छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०