close

कोरोनाका विरुद्धको अभियानमा सरकारलाई इस्टलिङ्कको सहयोग

टेकपाना टेकपाना

चैत १२, २०७६ १५:५८

कोरोनाका विरुद्धको अभियानमा सरकारलाई इस्टलिङ्कको सहयोग

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी इस्टलि‌ङ्क टेक्नोलोजी प्रालिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरिएको कोषमा सहयोग रकम उपलब्ध गराएको छ । कम्पनीले सरकारले स्थापना गरेको उक्त कोषमा १० हजार रुपैंया उपलब्ध गराएको हो ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत पुष्कर बडालका अनुसार बुधबार कम्पनीको तर्फबाट उक्त रकम सरकोरी कोषमा दाखिला गरिएको छ । यो समयमा सबैले गर्ने सानो–सानो सहयोग पनि महत्वपुर्ण हुने भन्दै उनले उक्त रकम उपलब्ध गराएका हुन् ।

साथै उनले देश र जनताको हितका लागि र कोरोना संक्रमणबाट मुक्त हुन सबै सहयोगी हातहरु जुट्नु पर्ने समेत जोड दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६