close

माइक्रोसफ्टले यस वर्षका सबै कार्यक्रम अनलाइनबाटै गर्ने

टेकपाना टेकपाना

चैत २०, २०७६ १७:१३

माइक्रोसफ्टले यस वर्षका सबै कार्यक्रम अनलाइनबाटै गर्ने

काठमाडौं । विश्वविख्यात सफ्टवेयर तथा कम्प्युटर अपरेटिङ सिस्टम निर्माता कम्पनी माइक्रोसफ्टले यस वर्ष आयोजना हुने आफ्ना सम्पुर्ण कार्यक्रम अनलाइनबाटै गर्ने भएको छ । कोरोनाभाइरसका कारण हाल सोसल डिस्टेन्स कायम गर्नु पर्ने अवस्था छ ।

यसको प्रभाव लामो समयसम्म पर्ने भएपछि कम्पनीले यो वर्षका सबै कार्यक्रम अनलाइनबाटै गर्ने निर्णय लिएको हो । उसले भौतिक रुपमा हुने सबै कार्यक्रम स्थगित गर्दै अब डिजिटल माध्यमबाट गर्ने जनाएको हो ।

यसबारे कम्पनीले बुधबारमात्रै जानकारी सार्वजनिक गरेको थियो । उसले सन् २०२० मा हुने कार्यक्रममार्फत नयाँ प्लेटफर्महरुको अनुभव गराउने र डिजिटल फस्ट एक्सपेरियन्स दिने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१