close

कोरोना ट्रेसिङ गर्न सरकारले छुट्टै एप्स ल्याउने

टेकपाना टेकपाना

चैत २५, २०७६ ११:४३

कोरोना ट्रेसिङ गर्न सरकारले छुट्टै एप्स ल्याउने

काठमाडौं । कोरोना भाइरसबाट सम्भावित संक्रमितको पहिचान गर्न सरकारले छुट्टै एप्स प्रयोगमा ल्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार रास्ट्रका नाममा सम्बोधन गर्दै उक्त एप्स सन्चालनमा ल्याउने तयारी भएको जानकारी दिएका हुन्।

कोरोनाबाट सम्भावित सङ्क्रमितको यकिन तथ्यांक नभएको बेला यस्तो एप्स प्रयोगमा ल्याउने तयारी सरकारले गरेको हो । सम्भावित सङ्क्रमितको पहिचान तथा जानकारीको अभावमा कोरोनाबारे यकिन तथ्यांक आउन नसकेको आशंका गरिदै आएको छ ।

प्रधानमन्त्रीले कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकार पुर्ण प्रतिबद्ध रहेको पनि सम्बोधनका क्रममा जनाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१