close

लकडाउनभर इन्टर्नेट काट्न नपाइने, पछि तिर्दा पनि बिलम्ब शुल्क लिन नहुने

टेकपाना टेकपाना

बैशाख ५, २०७७ १५:१८

लकडाउनभर इन्टर्नेट काट्न नपाइने, पछि तिर्दा पनि बिलम्ब शुल्क लिन नहुने

काठमाडौं । नेपाल दूरसञ्चर प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई लकडाउनकोे समयमा सेवाग्राहीको इन्टरनेट नकाट्न निर्देशन दिएको छ ।

ग्राहकलाई अनलाईन पेमेन्टको व्यवस्थागर्नु पर्ने र यदि अनलाईबाट पनि शुल्क तिर्न नसकेको खण्डमा सेवाग्रीहीसँग बिलम्ब शुल्क समेत नलिन सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

शुक्रबार सार्वजनकि सुचना जारी गर्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । ‘केहि इन्टरनेट सेवा प्रदायकले ग्राहकहरुको सेवा काटेको गुनासो प्राप्त भएको छ यसले सर्वसाधारणलाई नकारात्मक असर पर्नेछ ।,’ उक्त सुचनामा उल्लेख छ, ‘संभव भएसम्म अनलाईन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्नुहुन र यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा समेत बन्दाबन्दी अवधिभरनिरन्तर सञ्चालन हुने गरि बन्दाबन्दी अवधिपश्चात बिलम्ब शुल्क नदिई भुक्तानी लिने व्यवस्था मिलाउनुहुन् इन्टरनेट ईमेल सेवा प्रदायकलाई निर्देशन जारी गरिएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४