close

फेसबुकबाट गूगल फोटोजमा फोटो र भिडियो ट्रान्सफर गर्न सकिने

टेकपाना टेकपाना

बैशाख २३, २०७७ १८:४१

फेसबुकबाट गूगल फोटोजमा फोटो र भिडियो ट्रान्सफर गर्न सकिने

काठमाडौं । गूगल फोटोमा फेसबुकको फोटो र भिडियो एक्सपोर्ट गर्ने टूल सार्वजनिक भएको छ । फेसबुकले यो टूल अमेरिका र क्यानडाका प्रयोगकर्ताका लागि रोलआउट गरेको हो । 

यो टूललाई कम्पनीले डेटा पोर्टेबिलिटीको नाम दिएको छ । कम्पनीले यो टूललाई गत डिसेम्बरमा आयरल्याण्डमा सार्वजनिक गरेको थियो । यो टूल चाँडै विश्वव्यापी रुपमा रहेका प्रयोगकर्ताले समेत प्रयोग गर्न पाउने अपेक्षा गरिएको छ ।

यो फिचर प्रयोग गर्न फेसबुक सेटिङमा जानुपर्ने हुन्छ । त्यसपछि ‘योर फेसबुक इन्फर्मेसन’ मा जानुहोस् र त्यहाँ ‘ट्रान्सफर अ कपी अफ योर फोटोज एण्ड भिडियोज’ मा प्रवेश गर्नुहोस् । त्यसपश्चात फेसबुकले तपाईंलाई भेरिफाइ गर्न पासवर्ड माग्नेछ । 

अर्को स्क्रिनमा तपाईंले गूगल फोटोज चयन गर्न सक्नुहुन्छ । त्यसपछि ‘चुज डेस्टिनेसन’ मा क्लिक गर्नुहोस् । ट्रान्सफर सुरु हुनु अघि तपाईंले फेसबुकको यो सेवा अथेन्टिकेट गर्न गूगल अकाउन्ट इन्फर्मेसन पनि दिनु पर्नेछ ।

फेसबुकले एप्पल, गूगल, माइक्रोसफ्ट तथा ट्वीटरजस्ता प्रविधिका दिग्गजसँगको सहकार्यमा सुरु गरेको डेटा ट्रान्सफर प्रोजेक्ट अन्तर्गत यो टूल रिलिज गरेको हो । परियोजनाबाट कम्पनीले अनलाइन सर्भिसहरुबाट डेटा ट्रान्सफर गर्ने साझा तरिका तयार पार्नेछ ।

यस किसिमको सेवाले कम्पनहरुलाई सम्भावित नियम उल्लंघनबाट बचाउने छ । साथै यसबाट प्रयोगकर्ताहरुको डेटा आफ्नै हातमा हुनेछ । यदि प्रयोगकर्ताहरु ढुक्क छैनन् भने उनीहरुले आफ्नो डेटा लिएर जानसक्ने कम्पनीले बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१