close

वर्षका उत्कृष्ट ८ ब्राउजर, तपाईंको रोजाई कुन ?

टेकपाना टेकपाना

बैशाख २७, २०७७ १३:५८

वर्षका उत्कृष्ट ८ ब्राउजर, तपाईंको रोजाई कुन ?

काठमाडौं । तपाईं कुन वेब ब्राउजर प्रयोग गर्नुहुन्छ ? के तपाईंले प्रयोग गरिरहेको वेब ब्राउजर सुरक्षित र गोप्य छ त ?

आज हामी तपाईंलाई इन्टरनेटमा उपलब्ध उत्कृष्ट ब्राउजरहरुका बारेमा बताउँदै छाैं । यी वेब ब्राउजरहरुले तपाईंको अनलाइन अनुभवलाई थप आनन्दायी र सुरक्षित बनाउन सघाउने छन् ।

१. उत्कृष्ट ब्राउजर : गूगल क्रोम 

अधिकांश मानिसहरुले क्रोम ब्राउजर प्रयोग गर्छन् । यसको पछाडि राम्रा कारणहरु छन् । यसमा बलियो फिचर सेट छ ।

5 Chrome extensions to block out distractions and stay focused - CNET

गूगल अकाउन्ट इन्टिग्रेसन, व्यापक एक्सटेन्सन इकोसिस्टम र विश्वसनीय मोबाइल एपहरु छन् । वेब ब्राउजरहरुमा क्रोम आफैमा एउटा स्ट्याण्डर्ड हो । क्रोममा उत्कृष्ट मोबाइल इन्टिग्रेसनहरु छन् । 

क्रोमको दशाैं वार्षिकोत्सव मनाउन गूगलले क्रोम ६९ रिलिज गरेको छ । यसमा उल्लेखनीय भिजुअल रिडिजाइन र केही राम्रा नयाँ फिचरहरु थप गरिएको छ । यसको युजर इन्टरफेसलाई पनि रिडिजाइन गरिएको छ ।

यसमा भिजिबल फ्याबिकोन्स बढाइएको छ र ट्याबहरु चाँडै पहिचान गर्न सजिलो भएको छ । यसको फाइदा एकैपटक धेरै ट्याब खोल्ने प्रयोगकर्ताहरुलाई छ ।  

यसबाहेक वेब पेजमा प्रयोगकर्ताहरुले नयाँ अकाउन्ट खोल्दा क्रोमको पासवर्ड म्यानेजरले अब स्वचालित रुपम बलियो पासवर्ड दिनुका साथै त्यसलाई प्रयोग गर्न सुझाव समेत दिने गर्छ । यसको सर्च बार वा ओम्नीबक्सले जुनसुकै प्रश्नको पर्याप्त उत्तर दिनसक्छ ।

यसबाहेक हालै भएका पछिल्ला नयाँ अपडेटहरुमा डार्क मोड, नयाँ ट्याबको कस्टमाइजेसन र ट्याब होभर कार्ड्स रहेका छन् । क्रोम निःशूल्कसँगै फास्ट र हलुका पनि छ । व्यापक एक्स्टेन्सन इकोसिस्टम सहितको यो ब्राउजर हेर्दामा पनि यो राम्रो छ । 

यसमा सबै कुरा ठीक ठाउँमा छन् । गोपनीयता र सुरक्षा नियन्त्रण पनि सामान्य अंग्रेजी भाषामा राखिको छ ।  यसकारण तपाईं कुनै राम्रो ब्राउजरको खोजीमा हुनुहुन्छ भने क्रोमलाई इन्स्टल गर्नुहोस् ।

२. क्रोमको उत्कृष्ट विकल्प: मोजिल्ला फायरफक्स

वेब ब्राउजरको दोस्रो विकल्प हो, मोजिल्ला फायरफक्स । यसमा एउटा साइटबाट अर्को साइटमा सर्फ गर्न आधुनिक तरिकाहरु उपलब्ध छन् । नयाँ अपग्रेड फायरफक्स क्वान्टम  भर्चुअल रियालिटी फोकस अल्टरनेटिभ फायरफक्स रियालिटी यो वेब ब्राउजरका राम्रा देनहरु हुन् ।

Bug in latest Firefox 65 update blocks HTTPS websites ...

मोजिल्लाले केही समय अघि मात्र पुरानो ब्राउजर इन्टरफेसलाई पुनः निर्माण गर्दै यो ब्राउजरलाई थप आधुनिक र उत्कृष्ट बनाएको छ । साथै यो ब्राउजरले पासवर्ड फ्री ब्राउजिङ अनुभव पनि दिएको छ ।

माथिका परिवर्तनहरु त्यति महत्वपूर्ण छैनन् । तर मोजिल्लाले पर्दा पछाडि केही आकर्षक इन्जिनियरिङको काम गरिररहेको छ । फायरफक्स क्वान्टमले मल्टी कोर प्रोसेसरलाई यसरी सहजीकरण गर्छ कि जुन अन्य प्रतिस्पर्धी वेब ब्राउजरहरुले आजसम्म गर्न सकेका छैनन् ।

फायरफक्स क्वान्टमले चाँडोभन्दा चाँडो प्रोसेसरको लाभ दिन सक्छ । हालै गरिएका नयाँ अपडेटहरुमा थप राम्रो गोपनीयता संरक्षण र एन्टी ट्रयाकर सपोर्टहरु समावेश गरिएको छ । यसमा सबै डिभाइसभर पासवर्ड सिङ्क्रोनाइजिङ र इन्टिग्रेटेड बिच अलर्टहरुको सुधार गरिएको छ । 

यो ब्राउजरमा एक्स्टेन्सनहरुको पर्याप्त क्याटालग र युजर इन्टरफेस कस्टमाइजेसनको सुविधा पनि छ । फायरफक्स मोबाइल एप्समा पनि क्वान्टम ट्रिटमेन्ट राखिएको छ । यसै कारण यो पहिलेभन्दा धेरै छिटो र स्ट्रिमलाइन भएको छ ।

मोबाइल फायरफक्स एप प्रयोग गर्नेले डिभाइसहरुबीच बूकमार्क पनि शेयर गर्नसक्छन् । तर त्यसका लागि तपाईंले छुट्टै फायरफक्स अकाउन्टमा साइन अप गर्नुपर्नेछ । तर यसमा सेटिङ म्यानेजमेन्ट भने क्रोममा जस्तो सजिलो र स्मूथ छैन । 

क्रोमभन्दा पुरानो वेब ब्राउजरको रुपमा रहेको फायरफक्समा केही परिवर्तनहरु आएसँगै अहिले चलाउन धेरै सजिलो भएको छ । फायरफक्सको नयाँ भर्सन फायरफक्स ७५ धेरै सुरक्षित छ ।

यसले त्यस्ता साइटहरुबाट प्रयोगकर्तालाई सुरक्षित राख्छ, जसले एकपटक तपाईंले उक्त साइट भिजिट गरेपछि तपाईको क्रियाकलापलाई ट्रयाक गर्ने प्रयास गर्छ । क्रोमको तुलनामा यो छिटो र गोपनीतामा केन्द्रीत छ । तर यसको फिचर धेरै व्यापक भने छैन ।

३. इनोभेटिभ वेब ब्राउजर: ओपेरा

कमजोर ब्राउजर भनिएता पनि एउटा लोकप्रिय वैकल्पिक वेब ब्राउजरको रुपमा रहेको ओपरामा धेरैजसो क्रोमकै डीएनए रहेका छन् । ओपेरा पनि क्रोम जस्तै गूगलको ओपन सोर्स क्रोमियम इन्जिनमा बनाइएको हो ।

Opera 67.0.3575.97 free download – Getsoft – Free Software Downloads

यसकारण दुवैमा एकै किसिमको युजर एक्सपेरियन्स पाउन सकिन्छ । दुवैमा हाइब्रिड यूआरएल/ सर्चबार छन् । दुवै हलुका र फास्ट छन् ।

जब तपाईं ओपेराको ब्युल्ट इन फिचर हेर्नुहुन्छ, तब तपाईंले फरकपन महसुश गर्नुहुनेछ । प्रयोगकर्ताले चाहेको फंसनालिटी प्रदान गर्न क्रोम एक्सटेन्सन ईकोसिस्टममा निर्भर रहन्छ । तर ओपेरासँग ब्राउजरमै अनेक फिचरहरु छन् ।

यसले प्रिडिक्टिभ वेबसाइट प्रिलोड एबिलिटी पनि रिलिज गरेको छ । साथै उसले इन्स्ट्यान्ट सर्च फिचर पनि ल्याएको छ । जसले छुट्टै विण्डोमा सर्च रिजल्ट दिने सिस्टमलाई विस्थापन गरेको छ । 

ओपेरा ५५ भर्सनमा तपाईंले क्रोममा जस्तै गरी ओपेरा एडोन्स स्टोरबाट एक्सटेन्सनहरु इन्स्टल गर्न सक्नुहुन्छ । क्रोम ब्राउजरमा जस्तै यसमा पनि काम लाग्ने टूल्स गिफ्फी, अमेजन असिस्टेन्ट, अभास्ट अनलाइन सेक्युरिटी, फेसबुक म्यासेन्जर, ह्वाट्सएप आदी छन् ।

यदि क्रोमको विभिन्न किसिमको एक्सटेन्सनहरु तपाईलका लागि महत्वपूर्ण छन् भने ओपेरा तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । ओपेराकको भर्सन ६७ वेब पेज छिटो नेभिगेसन गर्नका लागि उत्कृष्ट ब्राउजर हो । 

ओपेरामा ब्युल्ट ईन ‘स्टास’ फिचर छ । जसले कुनै पनि वेब पेजलाई सेभ गरेर पछि पढ्ने सुविधा दिन्छ । यसका लागि तपाईंले कुनै पनि पकेट वा इभरनोट अकाउन्टमा साइन अप गर्नुपर्दैन ।

यस्तै ओपेरामा स्पीड डायल मेनु रहेको छ, जसले तपाईंले लगातार भिजिट गरिरहने सबै पेजहरुलाई एकैठाउँमा ल्याइदिन्छ । ओपेरामा अहिले ब्युल्ट ईन अनलिमिटेड भीपीएन सर्भिस पनि छ । जसले यसलाई सुरक्षित वैकल्पिक वेब ब्राउजर बनाएको छ । 

ओपरामा एउटा ठूलो परिवर्तन ओपेरा ६० र रिबोर्न थ्रीसँगै आएको छ । यसले ब्राउजरको डिजाइनमा व्यापक परिवर्तन ल्याएर बोर्डरलेस डिजाइन दिएको छ । यस्तै वेब थ्री सपोर्ट र क्रिप्टो वालेटले प्रयोगकर्ताहरुलाई ब्लकचेनमा आधारित साइटका लागि तयार हुन अनुमति दिन्छ ।

यदि तपाईं गोपनीयता र सुरक्षा प्रदान गर्ने फिचर भएको ब्राउजर खोज्दै हुनुहुन्छ भने ओपेरा तपाईंका लागि एउटा राम्रो विकल्प हुनसक्छ ।

४. सम्भावना बोकेको वेब ब्राउजर: माइक्रोसफ्ट एज

माइक्रोसफ्ट कम्पनीले विण्डोज टेनका लागि एज नामक इन्टिग्रिटेड ब्राउजरको विकास गरेको छ । यसले ईन हाउस ब्राउजिङ इन्जिन प्रयोग गर्छ र अपरेटिङ सिस्टमसँगै यो अपडेट हुन्छ । विण्डोज टेनको डिफल्ट वेब ब्राउजरको रुपमा रहे पनि यसले दीगो रुपमा बजार लिन भने सकेको थिएन ।

एजको असफलतापछि माइक्रोसफ्टले ओपन सोर्स क्रोमियम वेब ब्राउजर इन्जिन  प्रयोग गरेर एजको पुनःलेखन गरेको छ । एजको नयाँ भर्सन २०२० को फेब्रुअरी ५ मा सार्वजनिक भएको थियो ।

झट्ट हेर्दा यो माइक्रसफ्ट एज क्रोम जस्तै देखिन्छ । माइक्रोसफ्टले सुधार गरेको यो नयाँ एजलाई तपाईंले डाउनलोड गरेर इन्सटल गर्न सक्नुहुन्छ । यसले क्रोम एक्स्टेन्सनहरुलाई पनि सपोर्ट गर्छ ।

यसको पर्फमेन्समा पनि सुधार भएको छ । माइक्रोसफ्टले क्रोममा आधारित एजलाई विण्डोज टेनका लागि अप्टिमाइज गरेको छ । यसमा हामीले क्रोममा जस्तै गरी ट्याब वा पेजहरु लोड गर्न सक्छाैं ।

टास्क म्यानेजरलाई हेर्दा क्रोमले १.४ जीबी मेमोरी लिन्छ भने माइक्रोसफ्ट एजले ६६५ एमबी मात्र मेमोरी खपत गर्छ । थोरै मेमोरी भएका पीसीहरुका लागि यो राम्रो अप्सन बन्न सक्छ ।

माइक्रोसफ्टको एजमा प्राइभेसी सेटिङहरु सामान्य छन् । यसमा ग्राफिकमा आधारित फ्रेण्डली इन्टरफेसहरु छन् । जसमा बेसिक, ब्यालेन्स र स्ट्रिक्ट गरी तीन तहको सेक्युरिटी छ । माइक्रोसफ्टले गत यो भर्सन थप अपडेटसँगै आगामी दिनमा रोलआउट हुने बताएको छ । 

वैकल्पिक ब्राउजर माथिका चार ब्राउजरहरु बाहेक इन्टरनेट विश्वमा अन्य धेरै वेब ब्राउजरहरु पनि अस्तित्वमा छन् ।

५. एप्पल सफारी 

यदि तपाईं म्याक अपरेटिङ सिस्टम प्रयोग गर्नुहुन्छ भने सफारी तपाईंको डिफल्ट रोजाइ हो । क्रोम जति फास्ट ब्राउजर यो होइन । तर यो त्यति धेरै ढिलो पनि छैन । यो म्याक ओएसमा इन्टिग्रेट छ । 

Full third-party cookie blocking comes to Safari two years ahead ...

सफारी पनि गोपनीयता र सुरक्षामा विशेष रुपमा केन्द्रीत छ । यदि तपाईं ट्रयाक र अन्य किसिमको निगरानीबाट बच्न चााहनुहुन्छ भने सफारी तपाईंको राम्रो विकल्प हो । 

तपाईंले एप्पल आईफोन, आईप्याडहरु प्रयोग गर्नुहुन्छ भने यो तपाईंको उत्कृष्ट विकल्प हो । तर सफारी एप्पलका डिभाइस बाहेक अन्यमा भने चल्दैन ।

६. भिभाल्दी 

भिभाल्दी वास्तवमा फरक छ । भिभाल्दीका प्रयोगकर्ताहरुको पनि एउटै सेटअप हुँदैन । जब तपाईं यसलाई पहिलोपटक प्रयोग गर्नुहुन्छ, तब तपाईंले सेटअप प्रोसेसबाट जानुपर्ने हुन्छ । यसको लेआउट तपाईं आफैले कस्टमाइज गर्न सक्नुहुन्छ ।

Vivaldi 3.0 becomes the newest web browser to block ads and ...

यसले ग्राउण्डबाट नै युजरलाई नयाँ किसिमको अनुभव दिन्छ । भिभाल्दीको २.० भर्सनले कस्टमाइजेसन फिचरलाई थप विस्तार गरेको छ । जसले गर्दा यो एक्सेस गर्न पनि सजिलो छ ।

यसमा केही स्ट्याण्ड आउट गोपनीयता अभिवृद्धि गर्ने फिचरहरु छन् । यसले डकडक गोसँग टिमअप गरेको छ । जसले गर्दा प्राइभेट मोडमा नन ट्रयाकिङ सर्च टूल डिफल्ट अप्सनको रुपमा काम गर्छन् ।

७. ब्रेभ 

ब्रेभ एउटा फरक ब्राउजर हो । ब्रेभको विजनेस मोडल एकदमै अचम्मको छ । ब्रेभले वेब पेजमा आउने सबै विज्ञापनहरुलाई डिफल्ट रुपमै ब्लक गर्छ । जसले गर्दा यो सबैभन्दा छिटो काम गर्ने ब्राउजर बनेको छ । 

Brave Browser

प्रयोगकर्ताका लागि यसको सबैभन्दा ठूलो फाइदा भनेको नै यसमा एड फ्री कन्टेन्टहरु हेर्न तथा डाउनलोड गर्न सकिन्छ । ब्रेभले युजर ट्रयाकिङको काम पनि गर्दैन र यो एकदमै प्राइभेट छ ।

८. टोर

टोर ब्राउजर फायरफक्सको एउटा भर्सन हो । जसले एउटा निश्चित प्रयोजनका लागि काम गर्छ । टोर यस्तो सफ्टवेयर हो, जसमा ओपन नेटवर्क हुन्छ । यसले धेरै अज्ञात सर्भरहरुबाट ट्राफिकलाई राउटिङ गरेर तपाईंको पहिचानलाई गोप्य राख्छ । 

Tor users increasingly treated like second-class Web citizens ...

यदि वेबसाइटहरु सर्फ गर्न तपाईंले टोर प्रयोग गरिराख्नु भएको छ र साथमा भीपीएन पनि प्रयोग गर्नु भएको छ भने त्यस्तो बेला तपाईंको पहिचान खुलाउन सकिन्न । दमनकारी शासनसत्ता भएका मुलुकहरुका पत्रकार तथा अभियान्ताहरुका लागि यो वेब ब्राउर एकदमै राम्रो विकल्प हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१