close

एप्पल र गुगलको कोरोना ट्रेसिङ नोटिफिकेसन एपीआई सार्वजनिक

टेकपाना टेकपाना

जेठ ८, २०७७ १५:२८

एप्पल र गुगलको कोरोना ट्रेसिङ नोटिफिकेसन एपीआई सार्वजनिक

काठमाडौं । एप्पल र गूगलले संयुक्त रुपमा आफ्नो एक्सपोजर नोटिफिकेसन एपीआईको पहिलो पब्लिक भर्सन बजारमा ल्याएका छन् । पहिलोपटक एप्पल र गूगलको साझेदारीमा संयुक्त कन्ट्याक्ट ट्रेसिङ सफ्टवेयर टूलको विकास गरिएको हो । 

अहिले यसको काम सुहाउँदो नाम दिन यसलाई एक्सपोजर नोटिफिकेसन सिस्टमको नाममा परिवर्तन गरिएको छ । कोभिड १९ का संक्रमितहरुको सम्पर्कमा आएर संक्रमणको सम्भावित जोखिममा रहेकाहरुलाई यसले नोटिफिकेसन दिने काम गर्दछ । 

तर यसले संक्रमितको पहिचान तथा लोकेसनका डेटाहरुलाई सुरक्षित राखेर गोपनीयताको संरक्षण गर्ने बताइएको छ । यो एपीआई सार्वजनिक भइसकेपछि जुनसुकै सार्वजनिक स्वास्थ्य संस्थाहरुले यस किसिमका एप बनाउनका लागि यो एपीआई प्रयोग गर्न सक्छन् ।

तर एप्पल र गूगल आफैंले भने कुनै पनि एप वा एक्सपोजर नोटिफिकेसन बनाउने छैनन् । एप्पल र गूगलले विकास प्रक्रियालाई सहयोग गर्न एपीआईको बेटा भर्सन समेत ल्याइसकेका छन् ।

अमेरिकाका धेरै राज्य र पाँच महादेश भर‍का २२ मुलुकहरुले एप्पल र गूगलसँग यस एपीआईका लागि पहुँच माग गरिसकेका छन् ।

यो एक्सपोजर नोटिफिकेसन एपीआईले डिसेन्ट्रलाइज्ड आइडेन्टिफायर सिस्टम तथा प्रयोगकर्ताहरुको डिभाइसमा क्रिएट भएका जथाभावी जेनेरेटेड टेम्पोररी कीहरु प्रयोग गर्छ । जसकारण यसमा बनेका एपहरु प्रयोगकर्ताको निश्चित जानकारी वा पहिचानसँग बाँधिएको हुँदैनन् ।

एजेन्सीको सहयोगमा ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३