close

अब सबै सार्वजनिक सेवाको भुक्तानी अनलाइनबाटै

टेकपाना टेकपाना

जेठ १५, २०७७ १७:२०

अब सबै सार्वजनिक सेवाको भुक्तानी अनलाइनबाटै

काठमाडौं । अब सबै सार्वजनिक सेवाको शूल्क अनलाइनबाटै तिर्न सकिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै सबै सार्वजनिक सेवाको भुक्तानी अनलाइनमा लैजाने घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाका अनुसार विद्युत, खानेपानी, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रको भुक्तानी विद्युतीय माध्यमबाट गरिने व्यवस्था सरकारले मिलाउनेछ । भुक्तानी सहजतका लागि आगामी आर्थिक वर्ष नेशनल पेमेन्ट गेटवे समेत बनाउने अर्थमन्त्री खतिवडाले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१