close

मानव अधिकार विरुद्ध हुने भन्दै फेसियल रिकग्निसन प्रविधिबाट बाहिरियो आईबीएम

टेकपाना टेकपाना

जेठ २७, २०७७ ११:३३

मानव अधिकार विरुद्ध हुने भन्दै फेसियल रिकग्निसन प्रविधिबाट बाहिरियो आईबीएम

एजेन्सी । आईबीएमले फेसियल रिकग्नीसन प्रविधिको उत्पादन र प्रयोग बन्द गर्ने भएको छ । कम्पनीले यस्ता प्रविधिले मानव अधिकार र मानिसको स्वतन्त्रता असर पारिरहेको भन्दै यसको प्रयोग बन्द गर्ने जनाएको हो ।

कम्पनीका सीईओ अर्भिन्द किसनले कंग्रेसमा प्रस्तुत गरको पत्रमा लेखिएको छ, ‘आईबीएमले अब उप्रान्त फेसियल रिकग्नीसन प्रविधि प्रयोगमा ल्याउने छैन् । यसको निमार्ण एवं अध्ययन र अनुसन्धानको कार्य समेत बन्द गर्नेछ । साथै भेन्डरले प्रस्ताव गरेको फेसियल रिकग्नीसन प्रविधि समेत प्रयोग गरिने छैन् ।’

यो प्रविधिको प्रयोगले मानव अधिकारमाथि हनन पुर्‍याउँनुका साथै मान्छेको स्वतन्त्रता खोसी रहेको छ । उनले भनेका छन, ‘यो आईबीएमको विश्वास र पार्दशिताको सिद्धान्त भन्दा बाहिरको कुरा पनि हो । त्यसैले अब कानुन निमार्ता तथा कानुनको प्रवर्तक गर्ने संस्थाहरुले फेसियल रिकग्नीसन प्रविधिको प्रयोग कसरी हुनपर्छ भनी राष्ट्रिय छलफलको विषय बनाउनु पर्छ ।’

उनले फेसियल रिकग्नीसन प्रविधिका कारण पछिल्लो सयम जातिय पूर्वाग्रह र गोपनियतासँग सम्बन्धीत मुद्दामा उठ्न थालेको र नागरिकको अधिकार दुरुपयोग भइरहेको समेत बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०