close

नयाँ दूरसञ्चार कम्पनी भित्र्याउने नियामकको तयारी

टेकपाना टेकपाना

असार १, २०७७ १५:३०

नयाँ दूरसञ्चार कम्पनी भित्र्याउने नियामकको तयारी

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ दूरसञ्चार कम्पनी भित्र्याउने योजना बनाउने भएको छ । नेपालको दूरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन नयाँ सेवाप्रदायक भित्र्याउने तयारी थालेको हो ।

भर्खरै प्राधिकरण सञ्चालक समिति बोर्डबाट पारित नियामकको वार्षिक कार्यक्रममा नयाँ सेवाप्रदायकको छनौंट, विद्यमान सेवाप्रदायकको मर्जर तथा एक्युजिसन कार्यान्वयनको विषयमा आवश्यक तयारी अगाडि बढाउने योजना समेत समावेश छ ।

जसका लागि अन्तरक्रिया तथा छलफल कार्यक्रम मार्फत राय सुझाव संकलन गर्ने बताइएको छ । राय सुझाव संकलनका लागि आगामी आर्थिक वर्षमा तीन वटा कार्यक्रम आयोजना गरिने छ ।

प्राधिकरणको नियमित कार्यक्रमको रुपमा अगाडि बढाइएको यो योजना कार्यान्वयनका लागि १४ लाख रुपैयाँ बजेट समेत छुट्याइएको छ । यद्यपी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेपछि मात्र यो वार्षिक कार्यक्रम कार्यान्वयनमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०