close

अब यसरी टिपाउनुहोस् टेलिकमको एफटीटीएच सेवा सम्बन्धी गुनासो

टेकपाना टेकपाना

असार २, २०७७ १८:५५

अब यसरी टिपाउनुहोस् टेलिकमको एफटीटीएच सेवा सम्बन्धी गुनासो

काठमाडौं । नेपाल टेलिकमले फाइबर टू दि होम (एफटीटीएच) सेवाको मर्मत सम्बन्धी गुनासो व्यवस्थापन गर्ने कार्यको सुरुवात गरेको छ । टेलिकमले सोमबारदेखि यसको सुरुवात गरेको हो ।

एउटै लाइनबाट फोन, इन्टरनेट र टीभी सेवा उपलब्ध गराउन सकिने गरी कम्पनीले एफटीटीएच सेवा सञ्चालनमा ल्याएको छ । अब १९८ मा डायल गरी उक्त सेवाको मर्मत सम्बन्धी गुनासो टिपाउन सकिने भएको हो ।

१९८ मा डायल गरी दिइएका विकल्प विकल्पमध्ये चार नम्बर दबाएर बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म टेलिकमका अपरेटरलाई गुनासो टिपाउन सकिने छ । कम्पनीका अनुसार लकडाउनको अवधिमा टेलिकमको एफटीटीएच सेवाको माग भारी मात्रामा वृद्धि भइरहेको छ । यसैलाई मध्यनजर गर्दै कम्पनीले एफटीटीएच सेवाको गुनासो व्यवस्थापन गर्न थालेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१