close

पर्यटनमन्त्री सहभागी भिडियो मिटिङमा नै अश्लील भिडियो प्रदर्शन

टेकपाना टेकपाना

असार ८, २०७७ १४:३०

पर्यटनमन्त्री सहभागी भिडियो मिटिङमा नै अश्लील भिडियो प्रदर्शन

काठमाडौं । पर्यटन मन्त्री योगश भट्टराई सहित प्रवुद्ध व्यक्तिहरु सहभागी रहेको पर्यटन सम्बन्धी भिडियो कन्फ्रेन्समा जूम बम्बिङ भएको छ । सोमबार दिउँसो भएको जूम भिडियो मिटिङ चलिरहँदा विचमै अश्लील भिडियो प्रदर्शन गरिएको हो ।

अपरेसनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिज्म सेक्टर सार्वजनिक गर्न आयजित उक्त कार्यक्रममा साइबार आक्रमणकारीले यस्तो कार्य गरेको हो । आक्रमणकारीले जूम बम्बिङ गर्दै अश्लील भिडियो तथा फोटो प्रस्तुत गरेका थिए ।

करीब दुई सय १३ जना सहभागी उक्त कार्यक्रममा मन्त्री भट्टराई बोलिरहँदा त्यस्ता अश्लील सामग्री प्रस्तुत भएका थियो । जसका कारण कार्यक्रम नै रद्द हुन पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१