close

टेलिकमको पोस्टपेड सिम अब ५ सय रुपैयाँमा

टेकपाना टेकपाना

साउन १, २०७७ २०:४

टेलिकमको पोस्टपेड सिम अब ५ सय रुपैयाँमा

काठमाडौं । अब पाँच सय रुपैयाँमै नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने भएको छ । नेपाल सरकारले गरेको निर्णय लागु गराउने उद्देश्यका साथ साउन १ गतेबाट लागु हुने गरी पोस्टपेडको स्वामित्व शूल्क परिमार्जन गरिएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिदमा दुई प्रतिशत स्वामित्व शूल्क लागु गर्ने निर्णय गरेको थियो । अब रिचार्ज कार्ड र सिमकार्ड दुवैमा स्वामित्व शूल्क लाग्ने भएपछि टेलिकमले पोस्टपेड सिम खरिद गर्दा लाग्दै आइरहेको यस अघिको शूल्क पाँच सय रुपैयाँमा झारेको हो ।

नयाँ निर्णयअनुसार यस अघि नौ सय ४५ रुपैयाँ रहेको पोस्टपेड सिमकार्डको मूल्य घटेर पाँच सय कायम भएको हो । पाँच सय रुपैयाँमा खरिद गरिने पोस्टपेड मोबाइलमा चार सय ६० रुपैयाँ क्रेडिट लिमिट रहने कम्पनीले जनाएको छ ।

तर, परिमार्जित नियमअनुसार पोस्टपेड मोबाइलको शूल्क जुनसुकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि) बाट भुक्तानी गर्दा अब दुई प्रतिशत स्वामित्व शूल्क लाग्नेछ । यसको अर्थ सय रुपैयाँको रिचार्ज गर्दा हाल जस्तो सय रुपैयाँ नै नभएर अब ९८ रुपैयाँमात्रै व्यालेन्स उपलब्ध हुनेछ ।

कम्पनीले पोस्टपेड मोबाइलमार्फत प्रदान गरिने विभिन्न सुविधाहरुलाई थप ग्राहकमैत्री बनाउनका लागि एक महिना समयावधी भएका विभिन्न नयाँ प्याक समेत सार्वजनिक गरेको छ । जस अन्तर्गत तीन सय ८४ रुपैयाँमा बेसिक प्याक, सात सय ४९ रुपैयाँमा प्रिमियम प्याक, नौं सय ९९ रुपैयाँमा गोल्ड प्याक, १४ सय ९९ रुपैयाँमा डायमन्ड प्याक र २४ सय ९९ रुपैयाँमा प्लाटिनम प्याक खरिद गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४