close

कस्तो छ, आउने आईफोन १२ ? यी हुन्, हल्ला र वास्तविकता

टेकपाना टेकपाना

साउन १४, २०७७ १२:४०

कस्तो छ, आउने आईफोन १२ ? यी हुन्, हल्ला र वास्तविकता

काठमाडौं । यो साल आईफोनका लागि एकदमै व्यस्तताको वर्ष बन्दैछ । एप्पलले आफ्नो नयाँ न्यून मूल्यको आईफोन एसई २०२० बजारमा ल्याइसकेको छ । 

साथै कम्पनीले आईफोन १२ मा पनि चार विभिन्न भेरियन्टहरु यसै वर्षभित्र ल्याउने तयारी गर्दैछ । आज हामी तपाईंलाई आईफोन १२ को स्पेसिफिकेसन, फिचर, डिजाइनको बारेमा अहिले बाहिर आएका सबै कुराहरु बताउँदै छौं । 

आईफोन १२ को डिजाइन 

रिपोर्टहरुका अनुसार आईफोन १२ को डिजाइन आईफोन फोरको जस्तै स्ल्याब साइडेड रहेको छ । एप्पलका विश्वसनीय एनालिस्ट मिङ ची क्वोका अनुसार आईफोन १२ को च्यासिसमा  उल्लेखनीय रिडिजाइन हुनेछ । 

यसको डिस्प्ले वरिपरी आईफोन ११ मा जस्तै कर्भ ग्लास एज हुनेछ । २०२० को आईफोन लाइनअपमा २ वा २.५ डी ग्लास रहने मिङ ची क्वोका विभिन्न रिपोर्टमा पाइएको छ । 

सप्लाई चेन रिपोर्टका अनुसार आईफोन १२ लाइनअपको साइज आईफोन ११ को भन्दा पातलो हुनेछ । यो लाइनअपको सबैभन्दा मोटो फोनको मोटाई ७.४ एमएम हुनेछ । 

यो ८.१ एमएमको आईफोन ११ प्रो म्याक्सभन्दा १० प्रतिशत पातलो हो । आईफोन १२ लाइनअपका फोन भनिए जस्तै पातलो हुन्छन् वा हुँदैनन् भन्ने कुरा हेर्न बाँकी छ । 

आईफोन १२ को फ्रन्ट साइड हेर्दा यो आईफोन ११ जस्तै देखिन्छ । ब्लुमबर्गको रिपोर्ट अनुसार एप्पलले यसै वर्ष आफ्नो नोचको आकारलाई घटाउने संकेत दिएको छ । 

२०२० मा एप्पलले आईफोन १२ लाइनअपमा चार वटा फोन ल्याउने योजना बनाएको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार नयाँ फ्ल्याट एज डिजाइन आईफोन १२ प्रो मोडलको हाई ईण्ड फोनमा मात्र आउने अपेक्षा गरिएको छ ।

युट्युव च्यालनल एमकेबीएचडीले आईफोन १२ डिजाइनको लुक्स विभिन्न तीन आकारमा देखाएको छ । एमकेबीएचडीले पनि यसको डिजाइन आईफोन फोरको जस्तै भएको बताएको छ । 

डिस्प्ले 

पहिलोपटक यसैवर्ष एप्पलले आफ्ना सम्पूर्ण फ्ल्यागशिप आईफोन लाइनअपमा ओएलईडी डिस्प्ले प्रविधि ल्याउनेछ । आईफोन १२ का चारवटै मोडलमा ओएलईडी स्क्रीन हुने अपेक्षा गरिएको छ । साथै एलसीडी डिस्प्ले भएको आईफोन ११ का सक्सेसर आईफोनहरुमा समेत ओएलईडी स्क्रीन नै प्रयोग गरिनेछ । 

यो वर्ष आईफोन १२ का विभिन्न मोडलमा फरक फरक स्क्रीन साइज हुनेछ । जसमा एउटा आईफोन १२ मोडलमा ५.४ इञ्च ओएलईडी डिस्प्ले, दुईवटा आईफोन १२ मोडलमा ६.१ इञ्चको ओएलईडी डिस्प्ले र यस्तै अर्को एउटा आईफोन १२ मा ६.७ इञ्चको ओएलईडी डिस्प्ले हुनेछ । 

यो वर्ष आईफोन १२ मा सानो आकारको आईफोनदेखि सबैभन्दा ठूलो आकारको आईफोनसम्म देख्न सकिनेछ । ५.४ इञ्चको आईफोन १२ मोडलको मोटाई आईफोन एसई र आईफोन एटको बीचको रहेको छ । यस्तै यस्तै ६.१ इञ्च भर्सनको आकार आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्सको बीचमा रहेको छ । त्यसैगरी ६.७ इञ्चको मोडल आईफोन ११ प्रो म्याक्सभन्दा थोरै अग्लो छ । 

ओएलईडी डिस्प्ले बाहेक यो वर्ष फोनको डिस्प्लेमा १२० हर्जको उच्च रिफ्रेस रेट रहने बताइएको छ । आजसम्म आइपुग्दा आईफोनको उच्चतम रिफ्रेस रेट भनेको ६० हर्जसम्म मात्र रहेको थियो । 

तर एप्पल कम्पनीले २०१७ मा आफ्नो आईप्याड लाइनअपमा १२० हर्जको रिफ्रेस रेट राखेको थियो । रिफ्रेस रेटमा दुई गुणा बढेर जाँदा यसले प्रयोगकर्ताको अनुभूतिलाई पनि अझ उत्साहजनक बनाउनेछ । 

आईफोन १२ को क्यामेरा

स्क्रीन साइजको अलावा आईफोन १२ मोडललाई ठूलो फरक पार्ने कुरा भनेको यसमा प्रयोग हुने क्यामेरा प्रविधि पनि हो । यस वर्ष दुईवटा आईफोनमा डुअल लेन्स क्यामेरा सिस्टम रहनेछ र अन्य दुई आईफोनमा ट्रिपल लेन्स क्यामेरा सिस्टम ल्याउने एप्पलको योजना छ । 

५.४ इञ्चको आईफोन १२ को  पछाडि भागमा दुई क्यामेराहरु रहेका छन् । यसमा अल्ट्रा वाइड र वाइड एंगल लेन्सहरु छन् । लो ईण्ड ६.१ इञ्चको आईफोन १२ मा पनि यस्तै प्रकारको सेटअप हुने अपेक्षा गरिएको छ । 

अझ आईफोन १२ का दुईवटा हाई ईण्ड मोडलको क्यामेरा सेटअप प्रयोगकर्ताको लागि उत्साह जगाउने किसिमको छ । यसमा आईफोन ११ प्रोमा जस्तै वाइड, अल्ट्रा वाइड र टेलिफोटो गरी तीन वटा लेन्स युक्त क्यामेरा सिस्टम रहेको छ । यी दुवै आईफोन मोडलमा नयाँ टाइम अफ फ्लाइट थ्रीडी सेन्सर समेत हुने अपेक्षा गरिएको छ । 

टाइम अफ फ्लाइट अर्थात् टीओएफ सेन्सर इन्फ्रार्ड ट्रु डेप्थ क्यामेरा सिस्टम जस्तै हुन्छ । जुन फेस आईडीका लागि आईफोनको अगाडितिर प्रयोग गरिन्छ । 

ब्याक क्यामेरामा भएको टीओएफ थ्रीडी सेन्सिङ सिस्टमले हायर फिडेलिटी थ्रीडी फोटो क्याप्चर ईनेबल गर्दछ । यसले नयाँ अग्मेन्टेड रियालिटीको अवसरलाई खुल्ला गरिदिन्छ । 

लेजर पावर प्रविधिका कारण ट्रु डेप्थ सिस्टमको तुलनामा टीओएफ सेन्सरले लामो दूरीमा पनि शक्तिशाली पर्फमेन्स दिन्छ । 

एआर क्षमतालाई सुधार गर्न आईफोन १२ प्रोमा केन्द्रीकृत लिडार स्क्यानर प्रयोग भएको छ । सफ्टवेयरको कुरा गर्दा आईफोन १२ मोडलमा आईफोन ११ मा हाल उपलब्ध सम्पूर्ण फिचरहरु राखिने अपेक्षा गरिएको छ । 

जसमा डिप फ्युजन र नाइट मोड पनि रहेका छन् । एप्पलले यो वर्ष नयाँ टीओएफ प्रविधिको फाइदा लिन आफ्नो फोनमा थप इमेज प्रोसेसिङ फिचरको सफ्टवेयर राख्ने अपेक्षा गर्न सकिन्छ ।  

यसको फ्रन्ट क्यामेराको कुरा गर्दा अहिलेसम्म धेरै कुरा बाहिर आएको छैन । तर आईफोन ११ को सुधारका लागि ठाउँ छन् । नयाँ अपडेटको बारेमा अध्ययन गरेर हामी यसबारे पनि तपाईहरुलाई जानकारी दिने नै छौं । 

पावर 

आईफोन १२ लाइनअपमा एप्पलको ए सिरिजको प्रोसेसरकै अर्को स्वरुप पुनरावृत हुने अपेक्षा गरिएको छ । जसलाई यसअघि ए १४ भनिएको थियो । 

सप्लाई चेन रिपोर्टका अनुसार एप्पलको पार्टनर टीएसएमसीले क्यू टुमा नयाँ ५ नानोमिटर प्रोसेसर प्रयोग गरेर ए १४ प्रोसेसर उत्पादन गर्न सुरु गर्नेछ । ए १३, ७ नानोमिटर प्रोसेसरसँगै उत्पादन भएको थियो । यसकारण ए १४ अझ बढी ऊर्जा किफायती, फास्ट हुने बताइएको छ । 

पर्फमेन्सको अपेक्षा 

यसअघि गरिएको अनुमानका आधारमा ६ जीबी र्‍याम, ए १४ प्रोसेसरले आईफोन १२ लाई १५ इञ्चको म्याकबूक प्रो जस्तै शक्तिशाली बनाउने खबरहरु सुन्नमा आएका छन् । मल्टी कोर पर्फमेन्समा फोकस भएको हुँदा गेम पर्फमेन्स ५० प्रतिशतभन्दा माथि बूस्ट हुन सक्छ । 

ए १४ प्रोसेसर बाहेक आईफोन १२ मा सुधारिएको फेस आईडी पर्फमेन्स रहनेछ । यो लाइनअपमा रिफ्रेस्ड फेस आईडी सिस्टम रहनेछ । 

कनेक्टिभिटी 

आईफोन १२ का चारैवटै मोडलमा फाइभजी कनेक्टिभिटी फिचर राखिने बताइएको छ । चारैवटा मोडलमा फाइभजीको दुवै भर्सन सब सिक्स गिगाहर्ज र एमएम वेब फाइभजीको सपोर्ट हुनेछ । 

विश्वका विभिन्न क्यारियरहरुले सब सिक्स गिगार्हज र एमएम वेब नेटवर्क समय तालिका अनुसार रोलआउट गरिरहेका छन् । एमएम वेब प्रविधिमा एकदमै आकर्षक गिगाबाइट जस्तै स्पीड हुन्छ । तर यसको रेञ्च भने धेरै सानो छ । 

सम्पूर्ण चारैवटा मोडलले फाइभजीको दुवै भेरियन्टलाई सपोर्ट गर्ने बताइएको छ । विभिन्न किसिमको फाइजी रोलआउट भएको विश्वमा यी चार वटै आईफोनहरु उपयुक्त छन् । यो फोनमा क्वालकमको मोडेम प्रयोग हुनेछ । 

आईओएस १४ प्लसमा आधारित आईफोन १२ 

आईओएस १४ सहित पहिलोपटक आईफोन १२ बाहिर आउँदैछ । यसैवर्ष डब्लूडब्लूडीसी २०२० मा एप्पलले आईओएस १४ लाई आधिकारिक रुपमा घोषणा गरेको हो । यसमा होम स्क्रीनमा वीजेट्स, पिक्चर ईन पिक्चर जस्ता विभिन्न नयाँ फिचरहरु आएका छन् । 

आईफोन १२ एसेसरिज 

एप्पल एनालिस्ट मिङ चि क्वोका अनुसार एप्पलले आफ्नो आईफोन १२ मा वायर्ड इयर पोड र परम्परागत वायर चार्जिङ हटाउनेछ । यसको पनि आफ्नै फाइदा छ । कम्पनीले यसरी वायर घटाएर प्याकेजिङ साइज घटाउँछ । यसले आईफोनको ढुवानी खर्चलाई कटौती गर्नेछ । जसबाट यो फोनमा प्रयोग भएको महंगो फाइभजी उपकरणहरुको मूल्यलाई सन्तुलित बनाउनेछ । 

यस्तै इयरबड र वाल ब्रिकको कमीलाई भर्पाई गर्न एप्पलले आईफोन १२ मा हाइ ईण्ड लाइटनिङ केबल दिनेछ । यो नयाँ केबल पुरानो क्लासिक केबलभन्दा धेरै किफायती हुनेछ ।   

यो फोनको मूल्य अहिले नै आंकलन गर्न गाह्रो छ । यसअघि एप्पले आफ्नो २०१९ को इन्ट्रीलेभलको आईफोन ११ को मूल्य घटाएर ६९९ डलर पुर्‍याएको थियो । तर यो फोनमा पनि कम्पनीले यही मूल्य नीति अपनाउँछ वा अपनाउँदैन भन्ने कुरा थाहा पाउन बाँकी नै छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०