close

अमेरिकी कम्पनीसँग टिकटक बिक्री गर्न बाइटड्यान्समाथि ट्रम्पको दबाव !

टेकपाना टेकपाना

साउन १७, २०७७ १७:४१

अमेरिकी कम्पनीसँग टिकटक बिक्री गर्न बाइटड्यान्समाथि ट्रम्पको दबाव !

काठमाडौं । अमेरिकी कम्पनी माइक्रोसफ्टले चीनको चर्चित एप टिकटक किन्ने तयारी गरिरहेको छ । अमेरिकी राष्ट्रपती डोनल्ड ट्रम्पले टिकटकको मुख्य कम्पनी बाइटड्यान्स लिमिटेडलाई टिकटक अमेरिकी कम्पनीलाई बेच्न दबाव दिन थालेका छन् ।

ट्रम्पको दबावसँगै टिकटकमा लगानी गर्न पहिलो नम्बरमा माइक्रोसफ्ट अघि सरेको उल्लेख गरिएको छ । विगत लामो समयदेखि सुरक्षाको कारण देखाउँदै टिकटकमाथि विभिन्न देशले प्रतिबन्ध लगाउँदै आएका छन् ।

टिकटकले प्रयोगकर्ताको जानकारी संकलन गरी चीन सरकारलाई उपलब्ध गराउँदै आएको ओरोप लगाउने गरिएको छ । त्यसैअनुरुप भारतले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । जापान, अस्ट्रेलिया लगायतका देशमा पनि टिकटकलाई प्रतिबन्ध गर्ने तयारी भइरहेको छ ।

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध लगाउने विषय लामो समयदेखि चर्चामा आइरहेको छ । यसैबीच ट्रम्पले टिकटक एप अमेरिकी कम्पनीलाई बेच्न, अन्यथा प्रतिबन्ध लगाउनसक्ने भन्दै चेतावनी जारी गर्ने तयारी थालेका हुन् ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०