close

अझैं पनि मानिसहरु किन किनिरहेका छन् फिचर फोन ?

टेकपाना टेकपाना

साउन १७, २०७७ १४:३९

अझैं पनि मानिसहरु किन किनिरहेका छन् फिचर फोन ?

काठमाडौं । तपाईंको गोजीमा रहेको स्मार्टफोनले सेकेण्डमै अर्बौं अर्ब रुपैयाँको हिसाब किताब गर्नसक्छ । अभूतपूर्व भिडियो क्वालिटी भएका थ्रीडी गेमहरु खेल्न सकिन्छ ।

विश्वभरका सूचना तथा घटना क्षणभरमै थाहा पाउन सकिन्छ । डीएसएलआर क्यामेराले जस्तो गुणस्तरीय फोटो पनि तपाईं स्मार्टफोनबाटै लिन सक्नुहुन्छ । यी सबै क्षमता र गुण भएका स्मार्टफोन तपाईंले दश हजारदेखि माथिको मूल्यमा रोजेर सजिलै पाउन सक्नुहुन्छ ।

यद्यपी नोकियाको फिचर फोनको बजार भने अझैं घटेको छैन । कसले किन्छ त यस्ता फिचर फोन ? आखिर किन किन्छन् ? आज हामी तपाईंसँग यस विषयमा चर्चा गर्नेछौं ।   

फिचर फोन: अब्रिज्ड हिस्ट्री

सन् १९९० र २००० को दशकमा मोबाइलका कारण विश्व दुई ध्रुवमा विभाजित भयो । एउटा फोन र अर्को बाँकी कुरामा ।  

फोन मानिसहरुका लागि खुशी दिने कुरा थियो । तर त्यो त्यति धेरै अत्याधुनिक थिएन । त्यसमा फोन कल र टेक्स्ट म्यासेज आदानप्रदान हुन्थ्यो । एकपटक नोकिया ३३१० र मोटोरोलाको स्टार टीएसीलाई याद गर्नुहोस् त ।

समय बित्दै जाँदा यी फिचर फोनहरुमा भिडियो तथा फोटो म्यासेज गर्ने सुविधा आयो । साथै वायरलेस एप्लिकेसन प्रोटोकल डब्लूएपी जस्ता प्रविधिबाट आधारभूत वेब ब्राउजिङ पनि सम्भव भयो ।

तर उच्च डेटा मूल्य र न्यून गुणस्तरका कारण यी फिचर फोनप्रति मानिसहरु उही स्तरमा लोभिन सकेनन् । अधिकांश मानिसहरुले अब यस्ता फोनलाई सञ्चारका लागि एकदमै कम मात्रै प्रयोग गर्न थाले । 

अर्कोतिर एउटा रोचक वर्गको उदय हुँदै थियो । त्यो एउटा पकेट ल्यापटप जस्तै डिभाइस थियो, नोकिया कम्युनिकेटर, पीसीएन सिरिज फाइभ र भेनेरेबल ब्ल्याकबेरी । केही समयपछि अहिलेक‍ा आधुनिक टचस्क्रीनमा आधारित स्मार्टफोनहरु आउन थाले ।

जसमा एचपीको सेल क्यापेबल पीडीए थियो । सन् २००० को वर्ष सुरु हुँदै जाँदा फिचर फोन बजार आफ्नो महंगो र अत्याधुनिक भर्सन जस्तै देखिने नयाँ फोनतिर जान थाल्यो । टी नाइन कीबोर्डलाई हटाउँदै फूल टचस्क्रीन डिस्प्ले सहित सन् २००८ मा एलजी रेनियर फोन आयो । 

वेलायतमा थ्रीजीले त्यसबेला फोनमा स्काइप कलिङको सुविधा दिएको थियो । सोही बेला मोटोरोला रोकरले सेल फोन र आईपडको फंसनलाई समायोजन गरेर एमपी थ्री प्लेब्याक सेवा दिएको थियो । 

त्यसबेला नोकियाको ए गेज र एलजीको ईनभी जस्ता चमत्कारिक डिभाइसहरु पनि आए । त्यो समय विभिन्न किसिमका डिभाइसहरु देखा परेको एउटा रोचक समय थियो । तर यो क्रम यतिमै रोकिनेवाला थिएन । 

त्यो दशको अन्त्यतिर स्मार्टफोनको बजार बढिसकेको थियो । किनभने यी फोनहरु सस्तो हुँदै गएका थिए । यी फोनहरु व्यवसायका लागि मात्र हुन् भन्ने सार्वजनिक धारणालाई कम्पनीहरुले परिवर्तन गर्दै लगिरहेका थिए । 

यसको उत्कृष्ट उदाहरण भनेको ब्ल्याकबेरी हो । ब्ल्याकबेरीको क्वार्टी क्लाड फोन बजेट लाइनको फोन भएको हुँदा ब्ल्याकबेरी कर्भ जस्तै यो पनि कार्यालयदेखि सडकसम्म पुग्यो । यसैबीच सन् २००७ मा एप्पल कम्पनीले आईफोन सार्वजनिक गर्‍यो ।

त्यसपछि एचटीसीले पनि पहिलो एण्ड्रोइड फोन ल्यायो । डेटाको मूल्य पनि घट्दै गयो । नेटवर्क सेवा प्रदायक कम्पनीहरुले सस्तो मूल्यमा नै प्रशस्त एमबी डेटा दिन थाले ।

फिचरदेखि स्मार्टफोन संस्कृतिको स्थानान्तरणमा यही समय निर्णायक बन्यो । सन् २०१३ को दोस्रो त्रैमासिकसम्म आइपुग्दा फिचर फोनको बजारलाई स्मार्टफोनको बजारले पछाडि छोडिसकेको थियो । 

सन् २०२० मा फिचर फोन 

फिचर फोन पूर्ण रुपमा हरायो भनेर भन्नु तथ्यपरक कुरा होइन । यी फोनहरु अस्तित्वमा मात्र रहेका छैनन्, आफ्नै गतिमा विकास पनि भइरहेका छन् ।

उपसाहारा अफ्रिकी क्षेत्रहरुमा यस्ता फोनहरु अझैं पनि चर्चित छन् । ती क्षेत्रमा सस्ता एन्ड्रोइड फोनहरु पनि धेरैका लागि एकदमै महंगा छन् । 

सन् २०१९ को दोस्रो त्रैमासिकमा फिचर फोनले करिब ५८.३ प्रतिशत बजार ओगटेको थियो । तर यो सजिलैसँग हराएर जाने आँकडा हो ।

यी आधारभूत उपकरणहरुमा ठूलो डिजिटल अर्थतन्त्र केन्द्रीत छ भन्ने कुरा एकदमै रोचक छ ।उदाहरणका लागि यसको सबैभन्दा राम्रो दृष्टान्त भनेको एमपेसा (डिजिटल वालेट) हो ।

भेनमो (डिजिटल वालेट) को लागि एमपेसा एउटा जवाफ थियो भनेर व्याख्या गर्दा उपयुक्त होला । सन् २००५ मा भोडाफोन र सफारीकमले स्थापना गरेको यो सेवाले अफ्रिकी मुलुकहरु केन्या र ताञ्जानिया लगायतका धेरै मुलुकहरुका सेवाग्राहीहरुलाई सेवा दिँदै आइरहेको छ ।

यसमा एसएमएसबाट पैसा आदान प्रदान गर्न सकिन्छ । पश्चिमा मुलुकको कुरा गर्दा त्यहाँ फिचर फोनहरु विभिन्न अवस्थामा छन् । यी फोनहरु त्यहाँ ज्येष्ठ नागरिकहरुको रोजाइमा धेरै पर्छन् । तर प्रविधि पोख्त युवा वर्गहरुको रोजाइमा कम । 

नोस्टाल्जिया भन्ने पनि एउटा कारक तत्व हुन्छ । अहिलेका धेरै फिचर फोनहरु पुराना फोनहरुका सुधारिएका स्वरुप हुन् । नोकियाले आफ्ना पुरानो फोनहरु ३३१०, ८११० र   ५३१० का आधुनिक भर्सनहरुलाई ल्याइरहेको छ ।

यी सबै आधारभूत डिभाइसहरु हुन् । तर यिनी फोनहरुमा कलर स्क्रीन, म्युजिक प्लेब्याक र साधारण क्यामेरा सबै कुरा छन् । 

‘एण्टिक अर रेट्रो’का कारण पनि अधिकांश मानिसहरु फिचर फोन प्रति रुची देखाउँछन् । तर स्मार्टफोनहरु धेरै संवेदनशील हुने हुँदा धेरैले यसलाई ब्याकअप फोनको रुपमा समेत राखिरहेका हुन्छन् । 

 न स्मार्ट, न त फिचर

यी फोनहरुले  स्मार्टफोन अगाडिको युगको झलक दिन्छन् । जसमा स्क्वायर डिस्प्ले र टी नाइन कीबोर्ड फिचरहरु रहेका हुन्छन् ।

तर यी फोनहरुमा पनि अहिलेका आधुनिक फोनमा जस्तै एप स्टोर, भ्वाइस असिस्टेन्ट, वेब ब्राउजर, ओभर दि एयर अपडेट र भिडियो स्ट्रिमिङहरु हुन्छन् । 

महत्वपूर्ण कुरा भनेको यी फोनहरुमा सामान्य हार्डवेयर भए पनि काई जस्तो अपरेटिङ सिस्टममा सञ्चालित छन् । उदारहणका लागि एमटीएन स्मार्ट । 

मोजिल्लाले काईलाई एण्ड्रोइड र आइओएसको प्रतिस्पार्धीको रुपमा ल्याउने प्रयास गरेको थियो । तर मानिसहरुको आकर्षणको कमीका कारण मोजिल्लाले २०१७ मा यो परियोजनालाई बन्द गरेको थियो । 

तर यो कथा यत्तिमै समाप्त हुँदैन । मोजिल्लाले स्ल्याकलाई हातमा लिएर बी टू जी (बूट टु गेको) ओएस भनिने नयाँ प्रोजेक्टमा सोर्स कोडलाई टुक्राएको थियो । पछि त्यो नै काई ओएसका लागि आधार बनेको थियो । 

गत वर्षको मे महिनामा काई ओएसले दश करोड डिभाइसको कोशेढुंगा पार गरेको घोषणा गरेको थियो । भारत जस्तो ठाउँमा मोबाइल पहुँच सस्तो रुपमा भइरहेको छ ।

निसन्देह अहिले त्यो संख्या अझ बढेको छ । परिणामस्वरुप अहिले काई ओएसले गूगल तथा फेसबुकबाट पनि ट्र्याक्सन पाइरहेको छ । 

फिचर फोनको भविष्य के होला ?

फिचर फोनको भविष्य अनुमान गर्दा  दीर्घकालसम्म त्यति राम्रो देखिँदैन । काईओएसको मध्यम स्तरको यो प्रयास आफैंले पनि मार्केट शेयर गुमाउँदै गएको छ । 

गूगल र एण्ड्रोइड अर्को कारक तत्व हुन् । जो सस्तो, तर क्षमतावान् फोनमा लगानी गर्ने योजनामा छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०