close

राजनीतिक तनावबीच युट्युवले बन्द गर्‍यो चीनका २५ सय युट्युव च्यानल

टेकपाना टेकपाना

साउन २३, २०७७ १५:४६

राजनीतिक तनावबीच युट्युवले बन्द गर्‍यो चीनका २५ सय युट्युव च्यानल

काठमाडौं । चीन र अमेरिका बीच जारी व्यापार युद्ध एकातिर छँदैछ । अर्कोतर्फ राजनीतिक मुद्दालाई लिएर युट्युवले एकै पटक २५ सय च्यानल बन्द गरिदिएको छ ।

अमेरिकामा नजिकिँदै गरेको चुनावलाई लिएर दुस्प्रचार गर्ने च्यानलहरुलाई नियन्त्रण गर्ने प्रयास अन्तर्गत यो कदम चालिएको कम्पनीले जनाएको छ । च्यानलहरुको विषयमा कुनै जानकारी नदिए पनि बन्द गरिएका च्यानलले भने गैर राजनीतिक विषयवस्तु प्रशारण गर्दै आएको थिए ।

तर, पनि उनीहरुको कन्टेन्ट अप्रत्यक्ष रुपमा राजनीतिक विषयवस्तुसँग जोडिने र दुष्प्रचार गर्ने काम गरिरहेको गूगलको आरोप छ । ती च्यानलहरुबाट ट्वीटर तथा फेसबुकमा उपलब्ध गराइएका भिडियो पनि अहिले गूगलमा उपलब्ध नहुने व्यवस्था गरिएको छ ।

अमेरिकाले नोभेम्बरमा हुने चुनावलाई प्रभाव पार्न नदिन फरक फरक अभियान चलाइरहेको छ । यसै क्रममा युट्युवबाट २५ सय चिनियाँ च्यानल बन्द गराइएको हो ।

यसले संयुक्त अमेरिका र चीनबीच राजनीतिक तनावलाई प्रस्ट रुपमा उजागर गरेको छ । बुधबारमात्रै ह्वाइट हाउसले चीनको स्वामित्वमा रहेका डिजिटल नेटवर्क, एप्लिकेसनल (टिकटक, म्यासेन्जर, वीच्याट) ले खतरा निम्त्याउने संभावना भएकोले यस्ता अविश्वासिला एप्लिकेसनलाई हटाउने प्रक्रिया अघि बढाइएको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३