close

यसरी प्रयोग गर्नुहोस् ‘खल्ती’ डिजिटल वालेट

टेकपाना टेकपाना

साउन २८, २०७७ १३:५४

यसरी प्रयोग गर्नुहोस् ‘खल्ती’ डिजिटल वालेट

काठमाडौं । सन् २०१७ देखि सञ्चालनमा आएको खल्ती एक मोबाइल वालेट तथा भुक्तानी सेवाप्रदायक हो । खल्तीको प्रयोग गरेर तपाईंले घरमै बसी अनलाइन र मोबाइलबाट विभिन्न किसिमका वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुन्छ ।

मोबाइल रिचार्जदेखि बिजुली, खानेपानी, इन्टरनेट, डीटीएचको महसुल भुक्तानी, चलचित्रको टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बूकिङ गर्ने र अनलाइन किनमेलको भुक्तानीका लागि सर्वसाधारणले ’खल्ती’ एप प्रयोग गरिरहेका छन् ।

खल्तीजस्ता डिजिटल भुक्तानी माध्यमका कारण एटीएम जानुपर्ने, भुक्तानीकै लागि कार्यालय वा पसलमा लाइन बस्नुपर्ने, जाँदा आउँदाको समय बचत गर्न सकिन्छ। अनि त्यो समय तपाईंले अरु उत्पादनमूलक काममा लगाउन सक्नुहुन्छ ।

खल्तीमा खाता खोल्न तपाईंसँग स्मार्टफोन र आफ्नो बाइल नम्बर भए पुग्छ । आज हामी तपाईंलाई खल्ती एप कसरी प्रयोग गर्ने भनेर जानकारी दिँदै छौं ।

  • सर्वप्रथम तपाईंसँग एन्ड्रोइड फोन छ भने यहाँ र आईफोन छ भने यहाँ क्लिक गरी खल्ती डिजिटल वालेट एप डाउनलोड गर्नुहोस् ।
  • खल्ती एप मोबाइलमा राखिसकेपछि तपाईंले खल्तीको आईडी बनाउनुपर्ने हुन्छ । त्यसका लागि खल्ती एप खोल्नुहोस् । यो काम तपाईं यहाँ क्लिक गरी खल्तीको वेबसाइटमा रहेको लगईन बटनमा थिचेर पनि गर्न सक्नुहुन्छ ।
  • अब त्यहाँ भएको दर्ता फाराममा आफ्नो नाम, मोबाइल नम्बर, ईमेल ठेगाना र पासवर्ड राख्नुहोस् ।
  • फाराम भरेपछि ज्वाइन बटनमा थिच्नुहोस्।
  • अब केही बेरमै तपाईंले अघि राखेको मोबाइल नम्बरमा एउटा कोड आउनेछ ।
  • त्यो कोड राखेर भेरिफाई गर्नुहोस् ।
  • यति गरेपछि अब तपाईंको खल्तीकाे खाता तयार हुन्छ ।

खल्तीमा खाता त खुल्यो, अब पैसा लोड गर्ने कसरी ? पक्कै पनि यहाँनिर तपाईंको मनमा आउने जिज्ञासा यही नै हो । खल्तीमा पैसा लोड गर्न विभिन्न विकल्प उपबल्ध छन् । त्यसको बारेमा पनि तपाईंलाई यहाँ बताउँदै छौं ।

खल्ती बैंक डाइरेक्ट

खल्तीको सहकार्य रहेका बैंकहरुको मोबाइल एप वा वेबसाइटलाई खल्ती एपमा लिङ्क गराउन सकिन्छ । खल्तीको एपमा गएर लिङ्क अकाउन्ट मेनुमा क्लिक गर्नु भयो भने खल्तीमा आवद्ध बैंकहरुको सूची देखिन्छ ।

यहाँबाट तपाईंले आफ्नो खाता रहेको बैंकबाट चाहेको बेला बैंक अकाउण्टबाट खल्ती मोबाइल वालेटममा सजिलै नगद लोड गर्न सक्नुहुन्छ । यसका लाथि खल्तीले ४० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरेकाे छ । ती बैंकको मोबाइल एप तथा वेबसाइटमा पनि खल्ती वालेटसँग लिङ्क गर्ने अप्सन उपलब्ध हुन्छ । 

बैंकिं

खल्ती मोबाइल वालेटले सहकार्य गरेका बैंकहरुको अनलाइन बैंकिंङ सेवा लिनुभएको छ भने तपाईंले आफ्नो खल्ती वालेटमा सोझै रकम लोड गर्न सक्नु हुन्छ । खल्तीएपमा रहेको ई-बैंकिंङ मेनुमा क्लिक गरेपछि तपाईंलाई खल्तीमा आवद्ध बैंकहरुको सूची देखाउँछ ।

त्यहाँ गएर लोड गर्न चाहेको रकम छनौट गर्नुहोस् । त्यसपछि सम्बन्धित बैंकको वेबसाइट लगईन पेजमा रिडाइरेक्ट हुन्छ । ती सबै बैंकको मोबाइल एप तथा वेबसाइटमा खल्ती वालेटमा पनि नगद लोड गर्ने मेनु उपलब्ध हुन्छ ।

त्यहाँ तपाईंले बैंकले प्रदान गरेको अनलाइन बैंकङ युजर नेम र पासवर्ड राखेर एसेप्ट गरेपछि खल्ती वालेटमा नगद लोड हुन्छ । 

मोबाइल बैंकिंग

तपाईंले खल्ती मोबाइल वालेटले सहकार्य गरेका बैंकहरुको मोबाइल बैंकिंङ सेवाबाट समेत खल्ती वालेटमा रकम लोड गर्न सक्नुहुन्छ । ती सबै बैंकको मोबाइल एपमा खल्ती वालेटमा नगद लोड गर्ने मेनु उपलब्ध हुन्छ ।

भिषा तथा मास्टर कार्ड

तपाईंले कुनै बैंक वा वित्तीय संस्थाले जारी गरेका भिषा वा मास्टर कार्डबाट समेत घरमै बसेर खल्ती वालेटमा नगद लोड गर्न सक्नु हुन्छ ।

त्यसका लागि तपाईंले वालेटमा रेको भिसा/मास्टर कार्ड अप्सनमा गएर आफ्नो कार्ड नम्बर, कार्डको मान्य अवधि र कार्डमा रहेको ती अंकको सेक्युरिटी कोड इन्ट्री गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले चाहेको रकम खल्ती वालेटमा लोड गर्न सक्नुहुन्छ ।

एससीटी कार्ड

नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्थाले जारी गर्ने स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) कार्डबाट पनि भिसा वा मास्टर कार्डबाट जस्तै गरी खल्ती वालेटमा नगद लोड गर्न सकिन्छ । 

कनेक्ट आईपीएस

अहिले कनेक्ट आईपीएस अकाउन्ट बनाउनेहरुलाई नगद ट्रान्सफर गर्न निकै सहज भएको छ । कनेक्ट आईपीएसमा अकाउन्ट बनाएपछि बैंक खातालाई त्यसमा जोड्न सकिन्छ । कनेक्ट आईपीएसबाट ठूलो परिमाणमा (लाखौं) नगद ट्रान्सफर गर्न सकिने सुविधा छ ।

तपाईंसँग कनेक्ट आईपीएस खाता छ भने त्यसको मोबाइल एप वा वेब पेजमा लगईन गरेर ड्यास बोर्डमा रहेको लोड वालेट मेनुमा क्लिक गर्नुभयो भने खल्ती वालेट देखाउँछ । त्यसमा आफ्नो खल्ती वालेट नम्बर र रकम इन्ट्री गरेर तपाईंले वालेटमा रकम लोड गर्न सक्नुहुन्छ ।

तपाईँसँग बैंक खाता छैन भने अन्य माध्यमबाट पनि खल्तीमा रकम लाेड गर्न सकिने सुविधा रहेको छ ।

खल्ती सेवाकेन्द्र

ठाउँठाउँमा रहेका खल्तीका सेवा केन्द्रहरुमा गएर तपाईंले नगद रकम आफ्नो खल्ती मोबाइल वालेटमा लोड गर्न लगाउन सक्नु हुन्छ । यस्ता सेवा केन्द्र नेपालभर रहेका छन् ।  

बैंक डिपाेजिट

तपाईले बैंकमा गएर खातामा रकम जम्मा गरेजस्तै गरी खल्ती वालेटमा नगद जम्मा गर्न सक्नुहुन्छ । त्यसका लागि खल्तीले नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला विकास बैंक र आइसिएएफसी फाइनान्ससँग सहकार्य गरेको छ ।

ती बैंक तथा वित्तीय संस्थामा गएर तपाईंले खल्तीमा नगद जम्मा गर्ने भनेर छुट्टै भौचर माग्नुपर्छ । ती भौचरमा तपाईंको खल्ती वालेट नम्बर, नाम र जम्मा गर्ने रकम भरेर काउन्टरमा दिएपछि तुरुन्तै खल्तीमा नगद जम्मा हुन्छ । वालेटमा नगद जम्मा भएको तुरुन्तै म्यासेज आउँछ ।

खल्ती सेन्ड/रिक्वेस्ट 

तपाईंसँग माथि उल्लेखित कुनै सुविधा उपलब्ध छैन भने पनि नआत्तिनुहोस् । तपाईंले साथीसँग नगद सापटी लिएजस्तै खल्ती वालेट भएका साथीसँग वालेटमा सापटी लिन सक्नुहुन्छ ।

भाटभटेनी मनीट्रान्सफर काउन्टर

भाटभटेनी सुपरमार्केट र भाटभटेनी मनीट्रान्सफर काउन्टरमा गएर पनि खल्तीमा रकम लाेड गर्न सकिन्छ । 

सीटी एक्स्प्रेस एजेन्ट

सीटी एक्स्प्रेस मनीट्रन्सफरका देशभरिरहेका ७ हजार ५ सयभन्दा बढी एजेन्टहरूबाट पनि खल्तीमा रकम जम्मा गर्न सकिन्छ ।

पेप्वाइन्ट किओस्क मेसिन

सहरका विभिन्न स्थानमा राखिका किओस्क  मेसिनबाट पनि खल्तीमा रकम जम्मा गर्न सकिन्छ । ती मेसिनमा रहेकाे स्क्रिनमा रहेकाे ‘वालेट खल्ती’ छानेपछि खल्ती माेबाइल नम्बर र जम्मा गर्ने रकम हालेर खल्तीमा नगद लाेड गर्न सकिन्छ । 

सहकारीकाे स्मार्ट एप

स्मार्ट एप भएका विभिन्न सहकारी संस्थाकाे एपबाटै खल्तीमा नगद लाेड गर्न सकिन्छ । सहकारीकाे एपमा रहेकाे पेमेन्ट सेक्सनमा रहेकाे लाेड खल्तीमा खल्ती वालेट नम्बर र रकम उल्लेख गरेर पनि खल्तीमा नगद लाेड गर्न सकिन्छ ।

यदि तपाई पाँच हजार रूपैयाँभन्दा माथिको कारोबार गर्न चाहनुहुन्छ भने तपाईंले आफ्नो केवाइसी फाराम भर्न पर्नेछ।

अब तपाईंले खल्तीबाट विभिन्न सेवा जस्तै फोन रिचार्ज, बिजुली, पानी, साथसाथै अन्य थुप्रै सुविधा सजिलै प्रयोग गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०