close

विश्वबजारका उत्कृष्ट कम्पनीहरुको भिडमा ह्वावेको स्थान कति ?

टेकपाना टेकपाना

साउन २९, २०७७ १५:३५

विश्वबजारका उत्कृष्ट कम्पनीहरुको भिडमा ह्वावेको स्थान कति ?

काठमाडौं । ह्वावेले सन् २०२० को फर्च्यून ग्लोबल ५०० सूचीमा ४९औं स्थान हासिल गरेको छ । इतिहासमा पहिलो पटक चिनियाँ दूरसञ्चार नेटवर्क निर्माता ह्वावे शीर्ष ५० भित्र पर्न सफल भएको हो ।

 ‘सन् २०१९ मा ह्वावेको कुल नाफा ५.६ प्रतिशतले बढेको र कम्पनीको लगातार भू-राजनीतिक समस्याको बाबजुद पनि २०२० को पहिलो छ महिनामा राजस्व १३.१ प्रतिशतले बढेको छ,’ फर्च्यून रिपोर्टले उल्लेख गरेको छ ।

फर्च्यून ५०० सूची कम्पनीहरूको राजस्व र नाफामा आधारित छ, जुन कम्पनीहरूको तुलनात्मक आकारमा केन्द्रित रहेर बन्दछ ।

फर्च्यून ५०० सूची प्रख्यात कम्पनीहरूले प्रयोग गर्ने एक महत्वपूर्ण सूचक बन्न पुगेको छ जुन उनीहरुले आफ्नै बल, आकार र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मापन गर्न प्रयोग गर्दछन् ।

यो यस्तो विश्वव्यापी अर्थतन्त्रको एक मापदण्ड हो जसले सीमा, राष्ट्रियता र साँस्कृतिक मतभेदहरू पार गर्दछ ।

विश्वबजारमा अमेरिका, बेलायतजस्ता देशबाट प्रतिबन्ध खेप्नुका साथै कोरोनाभाइरसको त्रासका बाबजुद ह्वावेको व्यापार भने सुस्ताएन ।

यस वर्षको सुरूवातमा ह्वावेले २०२० को बोस्टन कन्सल्टिङ्ग ग्रुपको ५० सबैभन्दा इन्नोभेटिभ कम्पनीहरूको सूचीमा छैटौं स्थान ओगटी गत वर्षको तुलनामा ४२ स्थानमाथि सरेको छ, जुन २०१२ मा पहिलोपटक सूचीमा परेदेखि ह्वावेका लागि सबभन्दा उच्च श्रेणीको हो ।

कोभिड-१९ विरूद्ध विश्वव्यापी लडाईंमा ह्वावेले महामारीको विरूद्ध लड्न एण्टी-कोभिड-१९ पार्टनर कार्यक्रम सुरू गरेकाे छ, जुन एआई, रिमोट अफिस, स्मार्ट हेल्थकेयर र अनलाइन शिक्षामा केन्द्रित छ ।

सन् १९८७ मा स्थापना भएको ह्वावे सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक प्रदायक हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०