close

टेलिकमको बैंक खातामा कति होला पैसा ?

टेकपाना टेकपाना

साउन ३०, २०७७ १३:१५

टेलिकमको बैंक खातामा कति होला पैसा ?

काठमाडौं । दूरसञ्चार सेवा उपलब्ध गराउने सरकारको नाफामूलक कम्पनी नेपाल टेलिकमको बैंक खातामा कति पैसा होला ? अर्बौं आम्दानी गर्ने टेलिकमको बैंक खातामा पक्कै पनि धेरै पैसा हुनुपर्छ ।

टेलिकमले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/०७७ को वित्तीय प्रतिवेदन अनुसार विभिन्न वाणिज्य बैंकहरुमा रहेका टेलिकमका खातामा ७८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ मौज्दात छ ।

यो रकम आर्थिक वर्ष २०७५/०७६ को तुलनामा करिब सबा अर्ब रुपैयाँले बढी हो । गत वर्ष टेलिकमको बैंक मौज्दात ७६ अर्ब ९१ करोड १४ लाख रुपैयाँ रहेको थियो । नेपाल टेलिकमले देशका प्रमुख वाणिज्य बैंकमा आफ्नो रकम मौज्दातको रुपमा जम्मा गर्दै आएको छ ।

प्रायः सबै वाणिज्य बैंकहरुमा कम्पनीको खाता र मौज्दात रकम छ । वित्तीय प्रतिवेदन अनुसार टेलिकमसँग अहिले ११ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ नगद परिचालनका लागि उपलब्ध रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०