close

यसरी हेर्नुहोस् एसईईको नतिजा

टेकपाना टेकपाना

भदौ १, २०७७ १८:३६

यसरी हेर्नुहोस् एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ । कोभिड–१९ का कारण नियमित एसईई परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो ।

परीक्षा बोर्डले नतिजा सार्वजनिक हुने अनलाइन माध्ययमको बारेमा जानकारी सार्वजनिक गरेको छ । बोर्डका अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत हेर्न सकिनेछ ।

जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ ।

यस अलावा विद्यार्थीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइटराष्ट्रिय परीक्षा बोर्डको वेबसाइटनेपाल टेलिकमको वेबसाइटएनसेलको वेबसाइटइडीयू सञ्जाल डटकम, नेपाल टेलिभिजन र कान्तिपुर पब्लिकेसन प्रालीमार्फत पनि नतिजा हेर्न सकिने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०