close

महँगो हुनुका बाबजुद एप्पल स्मार्टवाच विश्वमै सर्वाधिक बिक्री हुन सफल

टेकपाना टेकपाना

भदौ ६, २०७७ १८:४६

महँगो हुनुका बाबजुद एप्पल स्मार्टवाच विश्वमै सर्वाधिक बिक्री हुन सफल

काठमाडौं । अमेरिकी कम्पनी एप्पलको स्मार्टवाच महँगो पर्न सक्छ । तर अन्य कम्पनीहरूको स्मार्टवाचको तुलनामा उपभोक्ताहरु यसलाई अधिक विश्वास गर्छन् । काउन्टरपोइन्टको पछिल्लो प्रतिवेदनले पनि यो तथ्यलाई प्रमाणित गर्छ ।

सो प्रतिवेदनका अनुसार एप्पलले २०२० को पहिलो ६ महिनामा बजारमा यति धेरै स्मार्टवाचहरू बिक्री गर्यो कि एप्पलको वरपर कोही पुग्न सकेनन् ।

प्रतिवेदनअनुसार यो ६ महिनाको अवधिमा ग्लोबल स्मार्टवाचको बजारमा एप्पलको स्मार्टवाचको बजार हिस्सा ५१.४ प्रतिशत रहेको छ । सन् २०१९ को पहिलो ६ महिनामा एप्पल स्मार्टवाचको बजार हिस्सा ४३.२ प्रतिशत रहेको थियो । अहिले ८.२ प्रतिशतले यो आँकडा वृद्धि भएको हाे ।

दोस्रो स्थानमा रहेको गार्मीन स्मार्टवाचको बजार हिस्सा ८.९ प्रतिशतबाट बढेर ९.४ प्रतिशत पुगेको छ । यता सामसङ स्मार्टवाचको बजार हिस्सा भने ९.३ प्रतिशतबाट घटेर ७.२ प्रतिशत पुगेको छ ।

कोभिड-१९ काे महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलै हलचलको अवस्था सिर्जना भइसकेको छ । कतिपय कम्पनीको आर्थिक अवस्था नाजुक बनिरहेकाे छ ।

तर एप्पल भने विश्वकै मूल्यवान कम्पनीको सूचीमा अगाडि आएको छ । हालैमात्र एप्पल दुई ट्रिलियन डलर सम्पत्ति पुर्याउने पहिलो अमेरिकी कम्पनी बन्न सफल भएको छ ।

एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३