close

फेसबुकको नयाँ एआई प्रविधि, जसले तपाईंलाई सम्झाउँछ दैनिक जीवनका महत्वपूर्ण कुरा

टेकपाना टेकपाना

भदौ ९, २०७७ १०:४७

फेसबुकको नयाँ एआई प्रविधि, जसले तपाईंलाई सम्झाउँछ दैनिक जीवनका महत्वपूर्ण कुरा

काठमाडौं । फेसबुकले आर्टिफिसियल इन्टेलिजेन्समा नयाँ अनुसन्धान गरिरहेकाे छ । कम्पनीले गरेकाे पछिल्लाे अनुसन्धान आर्टिफिसियल इन्टेलिजेन्स र यो प्रविधिलाई प्रयोग गर्ने डिभाइससँग सम्बन्धित छ, जसले प्रयोगकर्ताहरुको दैनिक जीवनमा काम गर्ने तरिकामा महत्वपूर्ण परिवर्तन ल्याउने विश्वास गरिएकाे छ।

यो अनुसन्धानमा सिरी, एलेक्जा, बिक्स्बी र अरु च्याटबटजस्ता भर्चुअल असिस्टेन्टहरूले हामीले बोलेका कुरालाई अझ राम्ररी बुझ्ने र हाम्रो दिमागजस्तै दैनिक कामहरू सम्झिने र कार्य सम्पादन गर्ने विषय समावेश गरिएकाे छ ।

एआई असिस्टेन्ट वा भ्वाइस असिस्टेन्ट यस्तो एउटा एप हो, जसले प्रयाेगकर्ताकाे भ्वाइस कमान्ड बुझेर काम गर्दछ । फेसबुकले एआई असिस्टेन्टहरुलाई अझै परिष्कृत गर्न र भौतिक संसारमा मानिसहरुका निकै जटिल कामहरुलाई पनि सहज बनाउन यस्तो प्रविधिको विकास गर्न लागेको बताएको छ ।

यसकै लागि भनेर फेसबुकले पछिल्लो समय धेरै एआई टूलहरु पनि विकास गरिरहेको छ । कम्पनीले सार्वजनिक गरेकाे पछिल्लाे ‘रियल वर्ल्ड साउन्ड सिमुलेटर’ फिचरले भर्चुअल असिस्टेन्टलाई अझै सहयोग गर्नेछ भने थ्रिडी वातावरण सम्झन र भ्वाइस कमान्डअनुसार प्रभावकारी रुपले आप्नो काम गर्न सजिलाे बनाउँछ ।

याे प्रविधिले इन्डोर साउण्डलाई नक्कल गर्न सक्छ । एआई असिस्टेन्टले आगामी दिनमा टाढाको काेठामा बजेको स्मार्टफोनको रिङटाेनलाई पनि ट्रयाक गर्न सकिने सम्भावनाका लागि यसले बाटो खोलिदिनेछ । 

यसको मतलब भर्चअुल असिस्टेन्टले भ्वाइस कमान्डअनुसार ‘रिङ बजिरहेको फोन पत्ता लगाउनुहोस्’ भन्नुको सट्टा ‘अहिलेको पोजिशनभन्दा २५ फिट दक्षिण पश्चिममा रहेको फोनमा जानुहोस्’ भन्ने जवाफ दिन्छ । फोनमा भएको सेन्सरको सहायतले यसले फोन भएको ठाउँ पत्ता लगाउनेछ ।

यसबाहेक फेसबुकले इन्डोर म्यापिङ टूल पनि सार्वजनिक गरेको छ । यसले एआई सिस्टमलाई इन्डोर स्पेसबारे थप राम्ररी बुझ्न र त्यसको विवरणलाई सम्झन सहयोग गर्नेछ । उदाहरणका लागि डाइनिङ रुममा कतिवटा कुर्सी छ, कप काउन्टरमा छ कि छैन आदि। 

आजको प्रविधिबाट यी सबै काम तपाई गर्नसक्नुहुन्न । स्मार्ट स्पीकरले पनि वरिपरीको दुनियाँलाई देख्न सक्दैन । कम्प्युरले पनि मानव आखाँले जस्तो इन्डोर स्पेसमा आफ्नो बाटो पहिल्याउन सक्दैन ।

फेसबुकका प्रमुख टेक्लाेलाेजी अधिकृत माइक स्क्रोइफरका अनुसार यो प्रविधि अहिले प्रारम्भिक चरणमा भएता पनि यसले काम गर्ने अपेक्षा गर्न सकिन्छ । यसले ग्याजेटहरुलाई शक्ति प्रदान गर्नेछ ।

उदाहरणका लागि एउटा स्मार्ट ग्लासले अब तपाईलाई तपाईंले आफ्नो चावी कता राख्नुभएको छ भनेर सम्झाउनेछ । तपाईंले तरकारीमा नुन राख्नुभएको छ वा छैन भन्ने कुरा सम्झाउनेछ । 

स्क्रोइफरका अनुसार फेसबुकले एउटा उत्कृष्ट एआई तयार गर्नेछ जसले तपाईंको स्मरणशक्तिलाई पनि उत्कृष्ट बनाउनेछ । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३