close

विन्डोज टेनमा सेटिङ एप्सबाटै ‘डिस्क’ र ‘भोल्युम’लाई म्यानेज गर्न सकिने

टेकपाना टेकपाना

भदौ १०, २०७७ १६:१८

विन्डोज टेनमा सेटिङ एप्सबाटै ‘डिस्क’ र ‘भोल्युम’लाई म्यानेज गर्न सकिने

काठमाडौं । माइक्राेसफ्टले हालै विन्डाेज टेन इन्साइडर प्रिभ्यू बिल्ड २०१९७ सार्वजनिक गरेकाे छ । नयाँ विन्डाेज बिल्डसँगै माइक्रोसफ्टले विन्डोज टेनको सेटिङमा थाेरै अपडेट र केही नयाँ फिचर ल्याएकाे छ ।

कम्पनीले कन्ट्रोल इन्टरफेसमा डिस्क म्यानेजमेन्ट ल्याएको छ । यसअन्तर्गत सेटिङ एप्सबाटै ‘डिस्क’ र ‘भाेल्युम’लाई म्यानेज गर्न सकिन्छ । माइक्रोसफ्टले गत महिना सेटिङ एपमा अप्सनल विन्डोज टेन अपडेटलाई भिजिबल बनाएको थियो ।

अहिले माइक्रोसफ्टले आफ्नो डिस्क म्याेजमेन्ट कन्सोल अर्थात् ‘स्नाप-इन’ टूलमा (उसकै शब्दमा) ‘मोडर्न’ ल्याउन काम गरिरहेको छ । यो मोडर्नले हार्ड डिस्कलाई व्यवस्थापन गर्दछ साथै यसभित्र रहेका भोल्युम र पार्टिसनलाई पनि व्यवस्थापन गर्दछ । 

विन्डोज इन्साइडर प्रोग्रामका वरिष्ठ प्रोग्राम म्यानेजर ब्राडोन लिब्लान्सका अनुसार अब प्रयोगकर्ताहरुले सेटिङ एपभित्रै डिस्क र भोल्युमलाई व्यवस्थापन गर्नसक्छन् । 

प्रयोगकर्ताहरुले डिस्कको विवरण हेर्न, भोल्युम क्रिएट तथा फर्म्याट गर्न र ड्राइभ लेटर असाइन गर्न सक्छन् ।

डिस्क म्यानेजमेन्टमा रहेको नयाँ टेकलाई परीक्षण गर्न सबैभन्दा पहिले सेटिङमा गएर त्यहाँबाट सिस्टम हुँदै स्टोरेजबाट म्यानेज डिस्क एण्ड भोल्युममा क्लीक गर्नुपर्छ । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३