close

निषेधाज्ञाको समयमा समेत मर्मतको ‘होम सर्भिस’ दिँदै निर्माण साथी

टेकपाना टेकपाना

भदौ ११, २०७७ १०:५९

निषेधाज्ञाको समयमा समेत मर्मतको ‘होम सर्भिस’ दिँदै निर्माण साथी

काठमाडौं । निर्माण तथा मर्मत सम्बन्धी सेवा दिने ई-कमर्स कम्पनी निर्माण साथीले घर तथा कार्यालयका विभिन्न समस्याहरुलाई समाधान गर्न आकस्मिक सेवा दिन थालेको छ । कोभिड-१९ को विषम परिस्थितिमा पनि कम्पनीले प्लम्बिङ, विद्युतीय, एसी, सोलार, रंगरोगन, सिपेज (चुहावट) रोकथाम लगायतका ५० भन्दा बढी सेवाहरु प्रदान गर्न थालेको हो ।

कम्पनीका सीईओ कुमार भट्टका अनुसार निर्माण साथीको आफ्नो वेबसाइटमा गएर उपभोक्ताहरुले समस्याको समाधानका लागि आवश्यक सेवा अनलाइनबाटै बूक गर्ने व्यवस्था मिलाइएको छ। साथै ९८४१८११६२३ मा फोन गरेर अफलाइनबाट समेत बूक गर्न सकिने बताइएको छ ।

यसरी बूक गरेको दुई घण्टामै सेवा उपलब्ध गराइने भट्टले बताए । मर्मतको लागि आवश्यक सामग्री समेत निर्माण साथीले नै प्रबन्ध गरिदिने छ। निर्माण साथीका प्राविधिक मर्मतका लागि पुगेपछि गर्नुपर्ने कामको अवलोकन गरी शुल्क निर्धारण गरी काम गर्ने गरिएको छ।

उपभोक्ता र कर्मचारी दुवैको स्वास्थ्य प्रती सजग हुँदै कम्पनीले आफ्ना प्राविधिक तथा कर्मचारीको लागि मास्क र स्यानिटाइजरसँगै आवश्यक पीपीईको समेत प्रबन्ध गरेको छ । कर्मचारीको नियमित स्वास्थ्य परीक्षण गरिने र सम्पूर्ण कर्मचारीको कोरोना बीमा समेत गरिएको भट्टले जनाए ।

ग्राहकहरुको सुविधा र स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विभिन्न माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । कोभिड-१९ को महामारीको अवस्थामा धेरै सेवाहरु ठप्प छन् ।

तर विभिन्न समस्याका बाबजूद घर तथा कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था छ । त्यसैले त्यस्ता समस्याहरुको समाधान गर्न निर्माण साथीले अनलाइन मार्फत घर तथा अफिसमा आइपर्ने मर्मत सम्बन्धी समस्या समाधानको सेवा दिन थालेको हो ।

निर्माण साथीले दैनिक आइपर्ने समस्या बाहेक इन्जिनियरिङ परामर्श, डिजाइन, घर-निर्माण र घर-सजावटको काम समेत अनलाइनबाटै उपलब्ध गराउने कम्पनीका सह-संस्थापक समेत रहेका भट्टले बताए ।

हाल काठमाडौ उपत्यकाको लागि मात्र उपलब्ध यी सेवाहरु निकट भविष्यमै देशभर विस्तार गर्ने योजना कम्पनीले बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३