close

अमेजनले ल्यायो फिटनेस ट्रयाकर, जसले तपाईंको शरीर स्क्यान गर्न र बोली सुन्न सक्छ

टेकपाना टेकपाना

भदौ १३, २०७७ ९:४१

अमेजनले ल्यायो फिटनेस ट्रयाकर, जसले तपाईंको शरीर स्क्यान गर्न र बोली सुन्न सक्छ

कठमाडौं । अहिले संसारभरका मानिसहरु कोराना महामारीसँग जुधिरहेका छन् । धेरै मानिसहरु तनावग्रस्त छन् । यही कारण मानिसहरुमा फिटनेसको कमी देखिन थालेको छ । सूचना प्रविधिले कसरी तपाईंलाई फिटनेस राख्न सक्छ भन्ने कुराबारे बेलाबेला समाचार आइरहन्छन् ।

हामी कति समय हिँडछौं, कति समय निदाउँछौं र कसरी अन्य मानिसहरुसँग सञ्चार गरिरहेका हुन्छौं, त्यसले हाम्रो फिटनेसमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।

हालै ई-कमर्स जायन्ट अमेजनले एउटा फिटनेस ट्रयाकर प्रोडक्ट ल्याएको छ, जसले तपाईंको स्वास्थ्य कस्तो छ भन्नेबारे जानकारी दिन्छ । यो प्रोडक्टको नाम हो, हेलो ब्यान्ड । यसले तपाईंको हरेक दिनकाे शरीरकाे गतिविधिकाे ट्रयाक गर्छ र शरीर फिट राख्न सहयोग गर्छ ।

स्वस्थ जीवन जिउनका लागि यो प्राेडक्ट धेरै सहयोगी हुने विश्वास कम्पनीको छ । अरु ब्यान्डसँग जस्तो यसमा स्क्रीन छैन । त्यसैले सबै फिचरहरु मोबाइल एपबाटै एक्सेस गर्न सकिन्छ । हेलो ब्यान्डको मूल्य ९९.९९ डलर राखिएको छ । तर सीमित समयका लागि प्रयोगकर्ताले ६४.९९ डलरमा किन्न सक्छन् ।

यसका साथमा प्रयोगकर्ताले हरेक महिना ३.९९ डलर हेलोको फिचर एक्सेस गरेका कारण तिर्नुपर्ने हुन्छ । याे ब्यान्डले फिटनेसको विभिन्न किसमले मापन गर्दछ । यसले मुटुको दर, चाल, निद्रा आदिको मापन गर्दछ । यसैको आधारमा तपाईंलाई दैनिक जीवन स्वस्थ बनाउन प्रेरित गर्दछ ।

तपाईंलाई थोरै निद्रा परेको छ भने यसले नै संकेत गर्छ । वास्तवमा यसले तपाईंले हरेक गतिविधिको ट्रयाक गरी एक्टिभिटी स्कोर दिन्छ । यसले कम्तीमा हरेक हप्ता एक सय ५० प्वाइन्ट दिन्छ ।

यदि तपाईं थोरै बस्ने र छिटो हिँड्नु हुन्छ भने पनि तपाईंले प्वाइन्ट प्राप्त गर्नुहुनेछ । ब्यान्डले तपाईं हिँडेकोभन्दा दौडदा बढी प्वइन्ट दिन्छ ।

यद्यपि ब्यान्डले स्क्रीन वा जीपीएस ट्रयाकिङ समावेश गरेको छैन । अरु ट्रयाकर प्रयोग गरिरहेका प्रयोगकर्ताले यो फिचर मिस गर्नेछन् । तर ब्यान्डमा एक्सेलेरोमीटर छ, जसले एक्टिभिटी स्कोर थप्न सहयोग गर्छ ।

यदि तपाईं फोनसँगै दौडनु भएको छ र सही गति, दुरी, समय र ठाउँ थाहा पाउन चाहनुहुन्छ भने ब्याकअप एप जस्तै ‘स्ट्राभा’ वा ‘म्याप माई रन’ प्रयोग गर्न सक्नुन्छ ।

यसका अतिरिक्त हेलो ब्यान्ड प्रयोग गर्ने प्रयोकगर्ताले अमेजन हेलो ल्याबमा एक्सेस पाउनेछन् । ब्रान्डबाट फिटनेससम्बन्धी विभिन्न कन्टेन्ट प्राप्त गर्न सक्छन् ।

ट्रयाकिङ र फिटनेसनबाहेक प्रयोकर्ताले यसमा रहेको ‘बडी’ फिचरबाट शरीर स्क्यान गरेको भरमा शरीरको मोटोपनको प्रतिशतको जानकारी प्राप्त गर्न सक्छन् ।

अरु फिटनेस ट्रयाकरमा नभएको एउटा विशेषता यसमा के छ भने यसमा ‘टोन’ फिचर छ । जसले तपाईंको भ्वाइसको टोनलाई मोनिटर गर्छ । तपाईंले अरुसँग बोल्दा हाँसेको, खुसी भएको, उत्साहित भएको, थकित भएको साउन्ड अनुसार यसले ट्रयाक गर्छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०