close

अब अनलाईनबाटै कर चुक्ताको प्रमाणपत्रको आधिकारिता जाँच्न मिल्ने

टेकपाना टेकपाना

भदौ १६, २०७७ १५:२

अब अनलाईनबाटै कर चुक्ताको प्रमाणपत्रको आधिकारिता जाँच्न मिल्ने

काठमाडौं । आन्तरिक राजश्व विभागले अनलाईनबाटै कर चुक्ताको प्रमाणपत्रको आधिकारिता जाँच गर्ने प्रणाली ल्याएको छ । सोमबार नयाँ स्वरुपमा वेबसाइट ल्याएको विभागले करदातालाई घरबाटै चुक्ताको प्रमाणपत्रको आधिकारिता जाँच गर्ने सुविधा ल्याएको हाे ।

अब प्रणालीले नै स्वतः आय विवरण र कर बक्यौता भए/नभएको सुनिश्चित गरी बक्यौता नभएमा कर चुक्ता प्रमाणपत्र जारी गर्नेछ ।

अनलाईनमार्फत विद्युतीय सेवा एवं सूचना प्रवाह गर्ने तथा करदाताहरुको पहुँच अभिवृद्धि गर्ने उद्धेश्यसहित अद्यावधिक गरिएकाे वेबसाइटमा अन्य नयाँ सुविधाहरू पनि थपिएकाे छ ।

ट्याक्स क्यालकुलेटरलाई अद्यावधिक गरी सरल तरिकाले पारिश्रमिक आय गणना गर्न सक्ने बनाइएको छ । त्यस्तै स्थायी लेखा नम्बर खोजी (प्यान सर्च) लाई परिस्कृत गरी कर चुक्ता लिए/नलिएको समेत विवरण देखिने गरी अद्यावधिक गरिएको छ ।

विभाग अन्तर्गतका प्रत्येक कार्यालयको छुट्टाछुट्टै वबे पेज रहने गरी वेबसाईटमा कार्यालयहरुको मेनु राखिएको छ । कार्यालयहरुको पेज उक्त कार्यालयहरू स्वयमले व्यवस्थापन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।

बेबसाईटमा आईआरडी च्याटबट नामको इन्टरयाक्टिभ च्याटबटकाे विकास गरिएको छ । उक्त च्याटबटले करदातालाई स्वचालित रुपमा करसम्बन्धी विविध पक्षहरुको जानकारी दिने, करदाताको जिज्ञासाहरुलाई नेभिगेट गर्ने र सोसम्बन्धी कानूनी व्यवस्था लगायतकाे जानकारी दिनेछ ।

साथै विभागले मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताको विवरण बायोम्याट्रिक प्रणालीमा अद्यावधिक गर्ने भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०